सोमबार, १० वैशाख, २०७५
Ruslan
OnlineKhabar.com

सहमतिको बटमलाइनः ‘जनयुद्ध’ स्वीकारौं, एकता नटारौं !

'विवाहका बेला पारपाचुकेको कुरा असान्दर्भिक'

विष्णु रिजाल

नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस र विश्व सर्वहारा वर्गका महान नेता भीआई लेनिनको जन्म दिन पारेर बैशाख ९ अर्थात् अप्रिल २२ मा हुने अपेक्षा गरिएको पार्टी एकताका बारेमा संशय पैदा भएपछि कार्यकर्ता पंक्तिमा अन्योल देखिएको छ ।

नीति, सिद्धान्त र विधिमा करिब-करिब एकरुपता कायम भएर दुई कार्यदलले अन्तिम प्रतिवेदन बुझाइसकेपछि स्थिति अगाडि बढ्न सकेको छैन । फरक पृष्ठभूमि र कार्यनीति अँगालेर लामो समय अलग अभ्यास गरेका दुई दलबीच निर्वाचनअघि नै एकता गरेर जाने घोषणा भएपछि कार्यकर्ताबीच पैदा भएको उत्साहमा यो अनावश्यक ढिलाइले शिथिलता ल्याएको छ ।

कार्यदलस्तरमा दुई पार्टीबीच चुनाव चिन्ह र माओवादीले विगत १० वर्षमा अभ्यास गरेको ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणका बारेमा एकमत बन्न सकेेको छैन । र, त्यही विन्दु एकता प्रक्रियामा गतिरोध उत्पन्न भएको छ ।

सतहमा यी दुई कुरा देखिए पनि अन्तर्यमा चाहिँ शीर्षनेताहरुले आफूलाई केन्द्रमा राखेर एकतापछि मेरो अवस्था के हुन्छ भन्ने कुरामा ध्यान केन्द्रित  गरेकाले एकता अघि बढ्न सकेको छैन ।

एकता प्रक्रियाको कुरा गर्दा हामीले दुईवटा महत्वपूर्ण मिति र ती मितिमा भएका सम्झौताहरुलाई हेर्नुपर्छः

पहिलो, १७ असोज, ०७४ को सम्झौता । यो सम्झौतापछि धेरैलाई आश्चर्यमा पार्दै दुई दलले मिलेर चुनावमा जाने घोषणा गरे, अझ त्यसमा बाबुराम भट्टराई पनि सामेल थिए । त्यस घोषणाले नेपालको राजनीतिक नक्सा नै बदलिदियो र कम्युनिस्ट शक्तिहरुलाई करिब दुई तिहाई मत प्रदान गर्‍यो ।

दोस्रो मिति हो-७ फागुन, ०७४ मा भएको सम्झौता । यसमा सैद्धान्तिक-वैचारिक मान्यताहरुको टुंगो लगाइयो । अर्थात्, एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई महाधिवेशनसम्म स्थगित गर्ने र मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर अघि बढ्ने ।

यति मूलभूत कुरा टुंगिइसकेपछि स-साना कुरामा निहुँ खोजेर एकताबाट भाग्ने छुट कसैलाई छैन ।

‘जनयुद्ध’ मान्ने कि नमान्ने ?

‘जनयुद्ध’ हिजोको यथार्थ हो । हाम्रो देशले यही नाममा १० वर्ष सशस्त्र संघर्ष झेलेको कुरालाई कसैले अस्वीकार गर्दैन । तर, त्यो आजको यथार्थ होइन र दुई पार्टीबीच एकता अब फेरि ‘जनयुद्ध’ गर्नका लागि हुन लागेको पनि होइन । ७ फागुनको समझदारीपत्रमा त्यस कुरालाई अझ स्पष्ट पार्दै जनताको बहुदलीय जनवादले अंगीकार गरेका (सशस्त्र संघर्ष होइन) विषयहरुलाई आत्मसात गर्दै दुबै पार्टी समाजवादको बाटोमा अघि बढ्न सहमत रहेको उल्लेख छ ।

यसको अर्थ ‘जनयुद्ध’ इतिहासको विषय बनेको छ । एमालेसँग एकता नहुँदैका माओवादीका दस्तावेजहरुमा पनि ‘जनयुद्ध’ इतिहास भइसकेको नै उल्लेख छ ।

हो, माओवादीका नेता-कार्यकर्ताका लागि ‘जनयुद्ध’ केलव शब्द होइन, भावनसँग जोडिएको छ । यसैमा लागेर कतिका आफन्तले ज्यान गुमाएका छन्, कतिका अंगभंग भएका छन्, कतिका सपना विनिर्माण भएका छन् । त्यसैले ‘जनयुद्ध’लाई एक कठोर यथार्थका रुपमा स्वीकार गर्दा एमालेका लागि कतै सिद्धान्तबाट विचलित भएको ठहर्दैन ।

एमालेको कोणबाट हेर्दा, एमालेले आजको रुपान्तरित माओवादीसँग एकता गर्न लागेको हो, ‘जनयुद्ध’ लडिरहेको हिजोको माओवादीसँग होइन । माओवादी शान्तिपूर्ण राजनीतिमा आएर, चुनाव लडेर, सरकार बनाउने र ढाल्ने खेलमा निपूर्ण भइसकेपछि बल्ल एकता हुन लागेको छ । त्यसैले हिजो उसले बोकेका सबै मान्यता हामीमा सर्छन् र कतिपयले तर्साएजस्तै अन्तर्राष्ट्रिय समुदायका सामु खडा हुनुपर्छ भन्ने भ्रम पाल्न जरुरी छैन ।

लुकिङ लन्डन, टकिङ टोकियो ! 

एकताले सहजरुपमा गति लिएको भए कसका लोटामा पिँध छ/छैन भनेर हेर्नैपर्ने थिएन । लोटा होइन, खड्कुलाकै पिँध पनि कति बलियो छ भन्ने सबैले देखेकै छन्

रात रहे अग्राख पलाउँछ भन्ने उखान त्यसै बनेको होइन । एकताले सहजरुपमा गति लिएको भए कसका लोटामा पिँध छ/छैन भनेर हेर्नैपर्ने थिएन । लोटा होइन, खड्कुलाकै पिँध पनि कति बलियो छ भन्ने सबैले देखेकै छन् ।

आजको मितिमा राष्ट्रवादको आगोमा रोटी सेकाउने चलनको इतिहासतिर फर्किंदा पनि आफ्नै आङ कन्याएर छारो उडाउनु जस्तै हुन्छ । त्यसैले यी विषयमा विवाद नबढाउनु नै राम्रो हुन्छ ।

सबैलाई थाहा छ, कुराको चुरो पदमा गएर अड्किन्छ । पार्टी एकता भएपछि सबै कुरा अहिलेकै निरन्तरता रहिरहन्छ कि भन्ने चिन्ता बढी देखिन्छ । अढाई वर्षपछि के-के अदल-बदल गर्नुपर्ने हो, त्यसका लागि क-कसका बीचमा सम्झौता हुनुपर्ने हो, मौखिकको विश्वास भत्किएको अवस्थामा कस्तो लिखत चाहिने हो ? समस्याको समाधान ‘जनयुद्ध’ शब्द वा चुनाव चिन्हमा होइन, यी प्रश्नको उत्तरमा छ ।

५०-५० प्रतिशत चाहिँ हुन्न

एमाले र माओवादीको आकार जनताले नै निर्धारण गरिदिएका छन् । चुनावमा जाँदा ६०-४० को अनुपातमा गएका यी दुई दललाई जनताले ७०ः३० को अनुपान मिलाएर पठाइदिएका छन् । यसको प्रभाव केन्द्र र प्रदेशमा सरकार बनाउँदा पनि देखा परेको छ । तर, पार्टी एकतामा चाहिँ माओवादी पक्षबाट ५०-५० प्रतिशत हिस्सेदारीको माग भएपछि एमाले पंक्ति तरंगित भएको छ ।

एमाले र माओवादीको अस्तित्व बराबर छ, दुबै पार्टीका नेता-कार्यकर्तालाई आ-आफ्ना पार्टी बराबर प्रिय छन् । तर, यी दुबै पार्टीको हैसियत बराबर छैन । सिद्धान्तमा समानता हुन्छ, संख्यामा समानता हुँदैन ।

यसो भनिरहँदा कसैलाई होच्याएको वा नजरअन्दाज गरेको भन्दा पनि धरातलीय यथार्थलाई बुझ्नुपर्छ ।

आखिर किन चाहियो माओवादीलाई ५० प्रतिशत ? कतिपयले विश्लेषण गरेजस्तो भोलिका दिन पार्टी विभाजन गर्नका लागि माओवादीले आधा हिस्साको माग गरेको हो भनेर अहिले एकताका बेला सोच्न पनि सकिँदैन ।

जसरी विवाह गर्दा पारपाचुकेको कुरा असान्दर्भिक हुन्छ, त्यसैगरी एउटै बलियो पार्टी बनाउने अभियानस्वरुप एकता हुने बेलामा यस्ता कुराको चर्चा पनि व्यर्थ हुन्छ । त्यसैले आफ्ना नेता-कार्यकर्ताको चित्त बुझाउनकै भनिएको हो भने बेग्लै कुरा, अन्यथा आधा-आधाको प्रस्तावले यथार्थ बोक्दैन ।

अन्त्यमा, माओवादीको संवेदनशीलता जोडिएको ‘जनयुद्ध’ शब्दलाई इतिहासको एक कटु यथार्थका रुपमा स्वीकार गर्दै बैशाख ९ को एकता टर्न दिन हुँदैन । बाँकी कुरा त औपचारिक बैठकभन्दा विश्वास दिलाउनले बसाइहरुबाट मिलाउन सकिन्छ भन्ने जानकारी नेताहरुलाई छँदैछ ।

(रिजाल नेकपा एमाले केन्द्रीय प्रचार विभागका सचिव हुन् )

२०७५ वैशाख ३ गते १८:१० मा प्रकाशित (२०७५ वैशाख ४ गते १२:३७मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१३ प्रतिकृयाहरू प्राप्त
  • Sundar लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते १८:२३

    एमाले र माओवादीको आकार जनताले नै निर्धारण गरिदिएका छन् । चुनावमा जाँदा ६०-४० को अनुपातमा गएका यी दुई दललाई जनताले ७०ः३० को अनुपान मिलाएर पठाइदिएका छन् ।

    41
    21
    Share

  • nagen लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते १८:३३

    70/30 ma maobadi le sahamati garyo vane prachanda ta ke maobadika arko 3 pusta pani ekikrit party ka adhyakchhya huna sakadainan. yeti la lata le pani bujhchha ni ani kp pachhi party adhyakchhya huna khutta uchalera baseka prachanda manlan ra?

    24
    10
    Share

  • Deepak Dulal लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते १८:४१

    एमाले र माओवादीको अस्तित्व बराबर छ, दुबै पार्टीका नेता-कार्यकर्तालाई आ-आफ्ना पार्टी बराबर प्रिय छन् । तर, यी दुबै पार्टीको हैसियत बराबर छैन । सिद्धान्तमा समानता हुन्छ, संख्यामा समानता हुँदैन ।

    23
    12
    Share

  • मुरारी ढुंगेल लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते १८:५१

    सम्मानजनक एकताको नाउँमा ५०ः५० अनुपातको भ्रमले एमाले पंक्ति तरंगित हुनु स्वाभाविक हो । यहाँ प्रतिशत भन्दापनि पदको बाँडफाँडमा कुरा अल्झेको स्पष्ट छ । पुनः वागडोर हातमा पर्ने हो कि थुतिने हो भन्ने सशंयले एकता भाँडिदै छ ।
    एमाले पनि २० को १९ हुन्न भन्ने अडानबाट पछि हट्न सक्नुपर्छ । ठूलो भएको नाताले सानोलाई चित्त बुझाउन सक्नु पर्छ । माओवादीले पनि साञ्चै एकता चाहेको हो भने आफ्नो हैसियतको विचार गर्नुपर्छ । आफ्नो धरातलीय यथार्थलाई बुझेर अडान लिए भोली जनताले पनि विचार गर्छन् । यस्ता कुरामा ख्याल नगरी एकताको लागि उद्घोष गरिएको थिति मिति हो भने वार्ताको नाटक गरी जनता कति झुक्याउँछौ ?
    यी दुई दलको अडान र रटानले यिनीहरुले नै लगाउँदै आएको सम्मृद्धिको नारा कुन दुलोमा पस्नेको ठेगान भएन ।

    20
    2
    Share

  • Keshab Thapa लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते १८:५८

    एमाले कार्यकर्ता भएर लेख्नु भन्दा स्वतन्त्र पत्रकारको रुपमा लेखेको भए ठिक हु्न्छ्यो। फरक पार्टीमा हुदा त सरकार सन्चालन गर्दा के पी ओली ले एकलैटी गर्नु माओवादी केन्द्रलाई अस्तित्व बिहीन ठानेको देखिएकै छ । प्रधान मन्त्रीय पद्दतीको नाममा सहयात्री दल संग सरकार संचालन बारे छलफल गर्नु पर्दैन? यहि तालले अघिल्लो सरकार (ऐमाले माओ राप्रप्रा) गुल्टेको बिर्सियौ? माओवादी र यस्का अध्यक्ष ले ब्यक्तिगत स्वार्थ र पद को लाभ खोजेर एकता भाड्यो भनेर त्यो पार्टीलाई खुलाएर एमाले बलियो हुने घटिया सोचको एमाले नेतृत्वको ब्यबहार र तिनीहरुकै कार्यकर्ता पत्रकार को लेखले यो सबै बुझेका आम जनसमुदायलाई के फरक पार्ला र?

    24
    24
    Share

  • Surendra Narayan Chaudhary लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते १९:१७

    Maoist should take caution. 30% of UML leaders have rightist mindset, who want to take country on back-gear. Maoist and the country has paid big price for change. The merger of UML and Maoist may bring all the achievements to null. UML is a party of status-quo, Maoist is a force of change. Without Maoist, UML is nothing.

    12
    13
    Share

  • Khal Khumar लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते १९:१८

    अहिलेको माओवादी केन्द्रको मुख्य समस्या भनेको नेपाली जनताका नजरमा पार्टी एकता गर्दै गर्दा एकता नभै बिलिन हुन गएको भन्ने भान पर्छ कि भन्ने चिन्ता छ अनी पार्टी सम्बन्धी नियममा पनि ४०% सम्मा सन्ख्य पुग्यो भने भोली पार्टी बिघटन गर्न य फुटाउन सकिन्छ भन्ने छ तेसैले माओवादी खेमाका मान्छेहरुलाई अहिले एकता भनेको बार्गेन गर्ने बिषय बनेको छ तर बुझ्नु पर्ने कुरा के हो भने अहिले निर्वाचनको पारीणाममा एकता गर्दा पनि बेफाईदा कसैलाई छैन तर पद र पोजिसन कै लागि यि सब हल्ला चलेको हो भने जनतामा चाँही राम्रो सन्देश जादैन, अब शाहअसिलो कदम लिएर एमाले र माओवादी मात्र होइन अन्य बाम शक्तिहरु पनि एकजुट हुनै पर्छ, यो स्याल कराइले देशको दुर्दशा मात्र हुने हो।

    11
    7
    Share

  • Kalyan लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते २०:१२

    एमाले र माओवादीको अस्तित्व बराबर छ, दुबै पार्टीका नेता-कार्यकर्तालाई आ-आफ्ना पार्टी बराबर प्रिय छन् । तर, यी दुबै पार्टीको हैसियत बराबर छैन । सिद्धान्तमा समानता हुन्छ, संख्यामा समानता हुँदैन ।

    7
    8
    Share

  • बिजय कुमर श्रेष्ठ- बझाङ्ग । लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते २०:४२

    उहिले तत्कालीन माले र मार्क्सवादी पार्टीको एकता भैसकेपछि नेपालका पहिलो बामपन्थी प्रधानमन्त्री श्रद्यय मनमोहन अधिकारी एमालेका तर्फबाट बाँचुञ्चेल प्रधानमन्त्रीका उम्मेदवार र पार्टी अध्यक्ष भैरहनु भयो ।हार्दिकता र विश्वाष सहितको सैद्धान्तिक एकता भयो भने पार्टीको साईज वा हैसियतको प्रभावलाई बेवास्ता गर्दै यस्तो पनि हुनसक्छ भन्ने, यो ऐतिहासिक एकताले प्रमाणित गरिसकेको एथार्थ हो । त्यसैले आ-आफ्नो राजनीतिक भविष्यको चिन्ता गर्नु भन्दा नेपालको राजनीतिक र राजकीय स्थीरता, नेपालको विकास, नेपालीको समृद्धि र देशभक्तिपूर्ण राष्ट्रिय स्वाभिमानको चिन्ता र सुरक्षालाई केन्द्रभागमा राखेर पार्टी एकताको आवश्यकता महशुष गरिएको हो । एकताका पक्षधरहरुले यसै विषयबस्तुलाई मात्र ध्यान दिएर एकता गर्नु स्वयं सहित नेपालको बृहत्तर तथा सर्बाङ्गिण कल्याण सम्भव छ ।

    2
    2
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७५ वैशाख ३ गते २१:५१

    I wonder to read such news, why UML and Maoists are quarreling, it should have been done long before , or before they decided to amalgamation, befeoDashin 2074.
    This is the time to fully devote to “poor/people’s issue”, but whole first two months of Progressive Government have done NOTHING AT ALL ONLY LOADS SPEECHES

    9
    1
    Share

  • lal prasad bhattarai लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १८:१७

    माले र माओवादीको अस्तित्व बराबर छ, दुबै पार्टीका नेता(कार्यकर्तालाई आ(आफ्ना पार्टी बराबर प्रिय छन् भने यी दुबै पार्टीको हैसियत बराबर किन नहुने ? छैन । सिद्धान्तमा समानता छ हुन्छ भने संख्यामा समानता हुन किन हिच्किचाहट ।

    1
    0
    Share

  • roshanrajbhujwl लेख्नुहुन्छ    |   २०७५ वैशाख ५ गते ८:५५

    राजनितिक स्वार्थ माथी उठेर काम गरौं नभए देश कहिले पनि समृद्धि हुदैन ।

    1
    0
    Share

  • मिलन कुमार श्रेष्ठ लेख्नुहुन्छ    |   २०७५ वैशाख ५ गते २१:२०

    सबै जनता झुक्याउने नाटक मात्र हो । ब्यर्थको टीका टिप्पणी गर्नु ?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this