Comments Add Comment

ऋचालाई प्रश्नः अश्लिलताको विरोध गर्ने अनि तिर्सना बुढाथोकीलाई उचाल्ने ?

सामाजिक सञ्जालमा अश्लिल हर्कत देखाउने गरेकी विवादित मोडल तिर्सना बुढाथोकी अहिले फुरुंग छिन् । यसको कारण हो, फिल्म कोहलपुर एक्सप्रेसमा उनको नाममा बनाइएको क्यारेक्टर ।

नायिका केकी अधिकारीले निर्माण गरेको सो फिल्ममा ऋचाले ‘तिर्सना’ को क्यारेक्टर गरेकी छिन् । जसरी भए पनि चर्चामा आउन पाए खुशी हुने तिर्सनालाई यो कुराले मख्ख नबनाउने कुरै भएन ।

हाल अमेरिकामा रहेकी तिर्सनाले मंगलबार बिहान फेसबुक लाइभमा आएर ‘केकी दिज्यू र ऋचा दिज्यू’ लाई धन्यवाद दिइन् ।

‘वाउ, ऋचा दिज्यूले मलाई कपि गरिस्सेको छ ।उहाँहरुले पहिलेदेखि नै मेरो लाइभ भिडियोहरु हेरिस्सिदो रैछ । थ्यांक्यू शो मच दिज्यूहरु । हजुरहरु मभन्दा सिनियर होइसिन्छ । हजुरहरुले मेरो विषयमा कुरा गरिस्सिदा अति खुशी लाग्यो,’ तिर्सनाले भात पकाउँदै गरेको लाइभमा भनेकी छिन् ।

ऋचाको यस्तो प्रष्टिकरण

ऋचा शर्मा प्रायः फरक-फरक भूमिकामा रमाउने कलाकार हुन् । शालिन र बौद्धिक अभिनेत्रीका रुपमा चिनिने उनी अश्लिलताकी विरोधी पनि हुन् । तर, तिर्सना बुढाथोकी जस्ती अश्लिल मोडलको नक्कल गर्न उनी कसरी तयार भइन् ?

ऋचाले आफ्नी दोस्त केकी अधिकारीको आग्रहमा यो भूमिका निभाउन तयार भएको बताइन् ।

उनले भनिन्, ‘हो, मैले अहिलेसम्म यस्तो उत्ताउलो खालको रोल गरेको छैन । केकी बाहेक अरु कसैले अफर गरेको भए सायद यो पनि गर्ने थिइनँ । तर, केकीले तपाईं बाहेक यो रोल कसैले गर्न सक्दैन भनेर आग्रह गरिन् । मैले नाई भन्नै सकिनँ ।’

तर, यसबाट कलाकारितामा विकृति फैलाइरहेका तिर्सना जस्ता पात्रहरुलाई प्रोत्साहन मिल्दैन र ? भन्ने प्रश्नमा ऋचाले भनिन्, ‘हामीले उनको भल्गारिटीलाई प्रोत्साहन गर्न खोजेको होइन । खाली उनको हाउभाउ इन्ट्रेस्टिङ लागेर नक्कल गरिएको हो । फिल्मको क्यारेक्टर तिर्सनाभन्दा भिन्न छ ।’

उनी अगाडि भन्छिन्, ‘म अश्लिलताको पक्षपाति कहिले पनि होइन । तर, तिर्सना जुन शैलीमा प्रस्तुत हुन्छिन्, त्यसमा म कमेन्ट गर्न पनि चाहन्न । यो उनको च्वाइसको कुरा हो । आफ्नो लिमिट उनी आफैंले थाहा पाउनुपर्छ ।’

ऋचाले तिर्सनाको हाउभाउ र बोलीको नक्कल गर्न दुई दिनसम्म उनको भिडियो हेरेकी थिइन् । त्यसो त उनी पहिला पनि तिर्सनाको भिडियो रमाइलो मानेर हेर्थिन्, तर क्यारिकेचरको प्रयास गरेकी थिइनन् ।

‘मैले नगरेको भए अरु कसैले यो क्यारेक्टर गथ्र्यो नै, किनभने यो कथाको माग नै थियो,’ ऋचाले भनिन् ।

त्यसो त कोहलपुर एक्सप्रेसको ट्रेलरमा ऋचाले गरेको अभिनयको धेरैले तारिफ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment