Comments Add Comment

बोस्निया र हर्जेगोभिनाको कन्सुलेटद्वारा फोटो प्रदर्शनीको आयोजना


४ वैशाख, काठमाडौं । नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरेको छ ।

सो प्रदर्शनीको उद्घाटन संयुक्त रुपमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र प्रसाद अधिकारी तथा बोस्निया र हर्जेगोभिनाका राजदूत डा. साबिट सुबासिचद्वारा इभोक बिस्ट्रो एण्ड क्याफेमा आयोजित एक विशेष समारोहमा गरिएको थियो ।

उक्त समारोहमा फ्रेन्ड्स अफ बोस्निया र हर्जेगोभिना इन नेपाल समूहसहित अन्य विशेष अतिथिहरुको उपस्थिति पनि रहेको थियो ।

एडि्रयाटिक सागरको किनारमा अवस्थित बोस्निया र हर्जेगोभिनाको ऐतिहासिक संस्कृति तथा प्राकृतिक छवि निकै सुन्दरतापूर्वक विश्वप्रख्यात फोटोग्राफर प्रकाश ब्याङले आˆनो क्यामेराद्वारा तस्बीरमा कैद गरेका छन् ।

बोस्निया र हर्जेगोभिना एक उचित युरोपियन गन्तब्य पर्यटकीय स्थलको रुपमा प्रख्यात छ । बोस्निया र हर्जेगोभिनाको प्राकृतिक सुन्दरता तथा संस्कृति र त्यहाँका नागरिकहरुलाई तस्ब्िारका माध्यमबाट परिचित गराउने यस प्रदर्शनीको मूल उद्देश्य रहेको छ ।

उक्त प्रदर्शनी सार्वजनिक रुपमा ललितपुरको झम्सिखेलमा अवस्थित इभोक बिस्ट्रो तथा क्याफेमा अपि्रल १६ देखि १८ सम्म बिहान १० बजे देखि बेलुका ५ बजेसम्म खुला रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment