Comments Add Comment

जब अमेरिकी पुलिसले जाडो मौसमलाई पक्राउ गर्‍यो


पुलिसले अपराधीलाई पक्राउ गर्नु त स्वभाविकै हो । तर अमेरिकाको न्युयोर्क पुलिसले चाहिँ जाडो मौसमलाई नै गिरफ्तार गरेको छ ।

जाडो मौसम निकै लम्बिएपछि दिक्क बनेको न्युयोर्क पुलिस विभागले विन्टर अर्थात् शिशिर ऋतुलाई नै पक्राउ गरेको हो ।

डिप्यू पुलिस विभागले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत जाडोयामलाई पक्राउ गरेको घोषणा गरेको थियो । वास्तवमा त्यो फेसबुक पेज हँसिमजाकका लागि थियो । फेसबुक पोष्टमा पुलिसले आगामी दिनमा पनि हिउँ परेमा जाडोयामलाई अदालतमा पेश गरिने उल्लेख गरेको छ ।

स्मरणरहोस्, न्यूयोर्क यो महिना निकै चिसो याम चलिरहेको छ र उच्च गतिको हावाका कारण विद्युत आपूर्तिमा समेत अवरोध भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment