Comments Add Comment

प्रचण्ड बने चितवनका मुसहर र माझी बालकका अभिभावक

५, बैशाख, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माझी र मुसहर बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार पश्चिम चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका ९ वर्षीय अरुण मुसहर र साढे ४ वषर्ीय पत्रुस माझीलाई स्थानीय साझापुर माध्यमिक विद्यालयमा भर्ना गराएका हुन् ।

अरुण कक्षा १ मा भर्ना भए भने, पत्रुस शिशु कक्षामा भर्ना भए । विद्यालयमा यी दुई बालकको अभिभावकको नाम पुष्पकमल दाहाल लेखिएको छ । उनले दुई बालकहरुलाई कक्षा ८ सम्म अभिभावकत्व प्रदान गर्ने बताए ।

‘यो त सांकेतिक मात्रै हो विद्यालयबाहिर रहेका र विद्यालय छाडेका देशभर बालबालिकाहरुलाई विद्यालय लैजान सकेमात्रै हाम्रो अभियान सफल हुन्छ’ अध्यक्ष प्रचण्डले भने, ‘यसमा सबैैको साथ आवश्यक छ ।’

मेघौलीको यो क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरहरुको बाहुल्य रहेको क्षेत्र हो । मेघौली प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।

प्रचण्डले बालकलाई विद्यालयमा नियमित आउने वातावरण बनाउन अभिभावक र शिक्षकहरुलाई आग्रह गरे । आफूले पनि विद्यालय भर्ना गरिएका बालकहरुको शैक्षिक अवस्थाको बारेमा बेलाबेला जानकारी लिइरहने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment