+
+
Shares

माइतीघरमा विरोध प्रदर्शन गर्न पाउनुपर्ने विवेकशील साझाको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ७ गते १२:३३

७ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न रोक लगाएकोमा विरोध गरेको छ । यसले लोकतन्त्रप्रति सरकारको प्रतिवद्धतामा नै गम्भीर प्रश्न उठाएको उसले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको छ । यो निर्णयले रत्नपार्क, माइतीघरमा समेत विरोध प्रदर्शन गर्न रोक लागेको छ ।

विवेकशील साझा पार्टीले शुक्रबार विज्ञप्ति निकालेर शान्तिपूर्णरुपमा गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्ने गरी लगभग पुरै शहरलाई ‘निषेधित क्षेत्र’ बनाएको छ । ‘संविधानको धारा १७ ले व्यवस्था गरेको स्वतन्त्रताको हकको बिरुद्ध हुनेगरी आएको यो निर्णय लोकतन्त्रको मर्म विपरीत छ’ उसले भनेको छ, यसले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोधलाई अपनाउनेहरुलाई चिन्तित तुल्याएको छ ।’

प्रधानमन्त्रीले राराबाट लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाएको २४ घण्टा नबित्दै आएको निर्णयले सरकारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उसले बताएको छ ।

विवेकशील साझा पार्टीले भद्र आन्दोलनको प्रतीक बनेको माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?