Comments Add Comment

कांग्रेस बैठक बस्दै नबसी स्थगित

फाइल तस्वीर

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित झण्डै आधा केन्द्रीय सदस्य राजधानी बाहिर भएपछि बैठक स्थगित भएको हो ।

मालिन्दो एयरको विमान धावनमार्गमा दुर्घटना भएपछि अन्तरिक उडान रोकिँदा नेताहरु काठमाडौं आउन नसकेका हुन् । पौडेलसहितका ७ नेता पोखरामा अडि्कएका थिए ।

पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग कुराकानी गरेपछि बैठक स्थगित गरिएको हो ।

बैठक आइतबार ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment