+
+
Shares

इटहरीबाट ‘हिमालय रोडिज’को अडिशन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ७ गते १९:३२


‘हिमालय रोडिज–वाइल्ड वाइल्ड वेष्ट’को अडिसन शुक्रबारदेखि इटहरीमा सुरु भएको छ । शुक्रबार इटहरीको शुभारम्भ बाटिकाबाट रोडिजको दोश्रो संकरण सुरु भएको हो । अघिल्लो पटक इटहरीमा अडिसन भएको थिएन । तर, त्यहाँका यूवाहरुको उत्साह देखेर यसपटक इटहरीबाटै अडिसन सुरु गरिएको हो ।

बिहान ६ बजेबाट नै अडिसन सुरु भएको थियो । इटहरीपछि प्रतिस्पर्धी छनोटका लागि वैशाख १० गते चितवनको नारायणी कला मन्दिर, १२ गते बुटवलको सिद्धार्थ कटेज, वैशाख १५ गते पोखराको होटल जल महलमा अडिसन हुनेछ । वैशाख १८ मा काठमाण्डौको अडिसन सकिएपछि अडिसन राउण्ड सकिनेछ ।

त्यसपछि, छानिएका प्रतिस्पर्धीहरुलाई र्ओ राउण्डका लागि प्रतिस्पर्धा गराइनेछ । अडिसनका लागि यसपटक दिया मास्के, रेमनदास श्रेष्ठ र आशिष राना निर्णायकको रुपमा रहनेछन् । विश्वकप फुटबलपछि मात्र टेलिभिजनमा यो कार्यक्रम प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?