Comments Add Comment

कोलकत्तामाथि पञ्जाबको सहज जित

८ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिगमा वर्षाले प्रभावित खेलमा किङ्ग्स इलाभेन पञ्जाबले कोलकत्ता नाइट राइडर्समाथि ९ विकेटको जित निकालेको छ ।

१९२ रनको लक्ष्छ पछ्याएको पञ्जाबका केएल राहुल र क्रिस गेलले आक्रामक पारी खेलेका थिए । विना विकेटको क्षतिमा ९६ रन बनाउँदा पानीले खेल रोकियो ।

डीएल मेथडका आधारमा १३ ओभरमा १२५ रनको लक्ष्य पायो, जसलाई मात्र एक विकेट गुमाएर भेट्टायो । ११.१ ओभरमा गेलले छक्का हान्दै जित दिलाए ।
गेल ६२ रनमा नटआउट रहे भने राहुलले ६० रन बनाए । मयांक अग्रवाल २ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले क्रिस लिगको ७४ रनको मदतमा २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो । उसका दिनेश कार्तिकले ४३ रन बनाए भने रोविन उथप्पाले ३४ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment