+
+
Shares

कर्णालीको नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ९ गते १३:४७

९ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष पेश गरेका छन् ।

आइतबार विहान ११ बजे प्रदेश प्रमुख खनाललाई भेटी मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रमम प्रदेश प्रमुख खनाल समक्ष पेश गरेका हुन् ।

मन्त्रीपरिषद वैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सोमबार बस्ने प्रदेश सभा बैैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको चालु आर्थिक वर्षको बाँकी तीन महिनाका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

कर्णाली प्रदेश सरकारको शनिवार सम्पन्न मन्त्रीपरिषद बैठकले चालु आर्थिक वर्षको बाँकी समयका लागि प्रदेश सरकारको नीती तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?