Comments Add Comment

सलिनमान र सलोनको ‘यात्रा ब्लग’


पुराना निर्माता केशव भट्टराइले चलचित्र ‘यात्रा ब्लग’ बनाउने भएका छन् । यो चलचित्रको तयारी लामो समयदेखि गरिएको थियो । चलचित्रका कलाकारलाई लिएर पनि यसको खुबै चर्चा भैरहेको थियो । अब भने चलचित्रको नाम र कलाकार फाइनल गर्दै छायांकनमा जाने तयारी गरिएको छ ।

चलचित्र ‘ए मेरो हजुर २’बाट चलचित्र क्षेत्रमा उदाएका नायक सलिनमान बनियाँ यो चलचित्रको मुख्य भूमिकामा हुनेछन् । सलिनले चलचित्रमा काम गर्ने चर्चा चलेपनि उनी फाइनल भने भएका थिएनन् । अब, भने सलिन यसको मुख्य नायकको रुपमा रहेनछन् । उनको साथमा नायक सलोन बस्नेले पनि चलचित्रमा काम गर्नेछन् ।

चलचित्रका लागि नव-नायिकाको छनोट गरिएको वुझिएको छ । तर, नायिकाको बारेमा अहिले नै निर्माणपक्षले केही पनि बताएको छैन । चलचित्रमा नायिका बर्षा राउतलाई फाइनल गरिएतापनि पछि समझदारीमा नै उनले चलचित्र छाडेकी थिइन् ।

चलचित्र ‘ ए मेरो हजुर २’ रिलिज भएको करिब ७ महिनापछि सलिनले नयाँ चलचित्रमा काम गर्न लागेका हुन् । पहिलो चलचित्रबाट नै उनले फ्यान क्रेज कमाएका थिए । चलचित्रलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् । सम्राट पनि यहि चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

चलचित्र यात्राको कथामा निर्माण हुनेछ । सलिनले अभिनय गरेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ पनि यात्रा र प्रेमको कथामा निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment