Comments Add Comment

अफगानिस्तानमा मतदाता दर्ता केन्द्रमा आत्मघाती विस्फोट, ३१ को मृत्यु

९ वैशाख, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक मतदाता परिचयपत्र दर्ता केन्द्र नजिकै आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ, घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् ।

मतदाता परिचय पत्र लिनका लागि पालो पर्खेर बसेका सर्वसाधारणहरु मारिएका हुन् । घटनाको स्लामिक स्टेट ग्रुपले आफ्नो समाचार एजेन्सी अमाकमार्फत लिएको छ ।

अफगानिस्तानका आन्तरिक मामिला मन्त्री नजीव दनेशले आत्मघाती हमलाकारी पैदल नै  उक्त केन्द्रमा आएका थिए ।

अफगानिस्तानमा यसै वर्ष चुनाव हुँदैछ । मतदाता नामावली दर्ता केन्द्रमा आउँदो अक्टोबरमा हुने संसदको चुनावका लागि परिचय पत्र बनाउन धेरै सर्वसाधारण आएका थिए। त्यहाँ सरकारी अधिकारी परिचय पत्र वितरण गर्दै थिए ।

‘घटनास्थलमा महिला, बालबालिकाहरु थिए, मानिसहरु मतदाता परिचयपत्र लिन आएका थिए’ घटनास्थल नजिकै रहेका बासिर अहमदले भनेका छन् ।

विस्फोटबाट नजिकै रहेको भवनको झ्याल र कारमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment