Comments Add Comment

संसारको सबैभन्दा बढी उमेरकी महिलाको निधन


९ वैशाख, काठमाडौं । संसारको सबैभन्दा बढी उमेरकी जापानी महिलाको निधन भएको छ । नाबी ताजिमा नामकी ती महिलाको स्थानीय समयअनुसार शनिबार साँझ ११७ वर्षको उमेरमा दक्षिणी जापानको किकाइ राज्यको अस्पतालमा मृत्यु भएको हो ।

उनी वृद्ध अवस्थामा देखिएका समस्याका कारण गत जनवरीदेखि अस्पताल भर्ना भएकी थिइन् । तालिमाका ७ छोरा र २ छोरी छन्, जसबाट उनका १६० भन्दा बढी नातिनातिना भएका छन् ।

ताजिमा सन् २०१७ को सेप्टेम्बर महिनामा विश्वको सबैभन्दा बढी उमेरकी महिला घोषित भएकी थिइन् । जमाइकाकी भियोलेट ब्राउनको ११७ वर्षकै उमेरमा निधन भएपछि ताजिमा बढी उमेरकी महिला बनेकी थिइन् ।

ताजिमा सन् १९०० को अगस्ट ४ तारेखमा जन्मिएकी थिइन् । त्यस अनुसार उनी ११७ वर्ष २६० दिनसम्म जिवित रहिन् ।

ताजिमाको निधनपछि अर्को बढी उमेरकी महिला पनि जापानकै रहेको दावी गरिएको छ । चियो मियाको नाम गरेकी ती महिला ११७ वर्ष १० दिनकी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment