१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारको तीनमहिने नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदैछ । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने र त्यसलाई पारित गर्ने कार्यसूची छ ।
सरकारका प्रवक्ता भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीका अनुसार पर्यटन, कृषि, ऊर्जा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
सोही बैठकले मुख्यमन्त्री सहायता कोष विधेयक, जलश्रोत उपयोग विधेयक र प्रदेश सडक बोर्ड विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4