Comments Add Comment

५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ

१० वैशाख, महोत्तरी । राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

काफ्लेले बर्दिवास ९ को रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै सो को ५ प्रतिशत घुस मागेको अख्तियारले जनाएको छ ।

यसअघि काफ्ले जिल्ला प्रहरी कार्यालय महोत्तरीले बैंकको सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई बिभिन्न शाखाबाट ४० लाख रुपैयाँ निकालेको आरोपमासमेत पक्राउ परेका थिए ।

बैंकिङ कसुर गरेको अभियोगमा काफ्लेसहित शाखाका अन्य कार्मचारीहरुमाथि मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment