Comments Add Comment

पशुपतिको निषेधित क्षेत्रमा गाडी लगेकोमा मन्त्री अधिकारीले मागे माफी

११ वैशाख, काठमाडौं । पशुपति क्षेत्रको सवारी साधन निषेधित क्षेत्रमा आफ्नो गाडी प्रवेश गरेकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले माफी मागेका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी उनको सचिवालयले पशुपति क्षेत्र विकास कोषले तोकेको सवारी निषेधित क्षेत्रमा गाडी प्रवेश गर्नु कमजोरी भन्दै माफी मागेको हो ।

२०७४ चैत २० गते पशुपति क्षेत्रलाई सहयोगापेक्षी (मगन्ते) रहित क्षेत्र घोषणा गर्न जाँदा मन्त्री अधिकारीको गाडी सवारी निषेधित क्षेत्रमा राखिएको थियो । तर मन्त्री अधिकारीको सचिवालयले पानी परेका कारण सवारी साधन निषेधित क्षेत्रमा गएको बुझिएको बताएको छ ।

मन्त्रीका प्रेस संयोजक ध्रुव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘कार्यक्रमस्थलमा पानी परिरहेको थियो सोही क्रममा सवारी साधन उक्त स्थानमा प्रवेश गरेको बुझिएको छ । यसप्रति हामी गम्भीर छौं । जे कारण भए पिन यो हाम्रो तर्फबाट भएको एउटा कमजोरी नै हो । यस कुरालाई आत्मसात गर्दै आगामी दिनमा यस्ता कमजोरी नदोहोर्‍याउने र उक्त क्षेत्रमा सवारी साधन नलैजाने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment