Comments Add Comment

यातायात व्यवसायीको आन्दोलन निष्प्रभावी, गाडीधनीले मानेनन् ‘क्यु फ्रि’


१२ वैशाख, काठमाडौं । यातायात व्यवसायीले सडक केन्द्रित आन्दोलन पहिलो दिनमै निष्प्रभावी भएको छ । बुधबार र बिहीबार यातायात व्यवसायीले समय सरणी नमान्ने र ‘क्यु  फ्रि’ छोड्ने घोषणा गरेका थिए ।

यसअनुसार गाडीवालाहरु आन्दोलनमा आएको भए आज जथाभावी रुपमा समय व्यवस्थापन नगरी सवारी छुट्थे । तर, गाडीधनीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आफ्ना गाडी ‘क्यु फ्रि’मा छोडेका छैनन् ।

सरकारले जारी गरेको रुटबाहेकमा पनि जान सकिने सरकारले दशैंको बेलमा क्यु फ्रि गर्ने गरेको छ । तर, व्यवसायीले सरकारलाई घुँडा टेकाउने भन्दै दुई दिन गाडीहरु जथाभावी रुटमा समय व्यवस्थापन नगरी चलाउने भनेका थिए ।

तर कसैले पनि घोषणा भएको आन्दोलन बमोजिम यातायात व्यवस्थालाई प्रभावित गने गरी कुनै पनि काम नगरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

व्यवसायीले समय सरणी नमान्ने घोषणा गर्दै समतिले आफूहरुले व्यवस्थापन गर्दै आएको रूट इजाजत अवज्ञा गरेर गाडी चलाउने बताएका थिए । तर, उपत्यकाबाट छुट्ने र  भित्रनै चल्ने कुैपनि सवारी ‘क्यु फ्रिको आन्दोलनमा सहभागी नभएको ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता तथा प्रहरी नायक उपरीक्षक मुकुन्द मरासिनीले अनलाइनखबरलाई जानकारी दिए ।

‘क्यु फ्रि’ छोड्दा यातायात व्यवस्था प्रभावित हुने पूर्वानुमान गरेरै हामीले विहानैदेखि बसपार्क र स्टपहरुमा कडाइ गरहेका थियौं । कुनै पनि सवारीहरु त्यस्तो फ्रि क्युमा हिँडेका छैनन्,’ उनले भने,’व्यवसायी आफैं पनि यसमा सहमत भएर सहभागी भएको पाएनौं । यो सुखद कुरा हो ।’

उनले नियम विपरीत चल्ने सवारीलाई कारवाही गरिने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचि सरोज सिटौला भने आन्दोलन अनरुप सवारीहरु क्यु फ्रि छोडेको दावी गर्छन् ।

‘हाम्रो घोषणा बमोजिम नै आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । आज पनि सवारी क्यु फ्रि छोडेका छौं,’ उनले दावी गर्दै भने,’सडकमा गएर हेर्नुस्, यातायात व्यवस्थापन प्रभावित भएको छ ।’

महाशाखाका सहप्रवक्ता मरासिनी भने गाडी मालिक पनि आफ्नो आम्दानीमा असर पर्ने गरी क्यु फ्रि छोड्न तयार नभएको बताउँछन् । त्यसले सवारी धनीलाई नै बेफाइदा हुने भएकाले व्यवसायी आफैं त्यसमा सहभागी नभएको उनको अनुको अनुमान छ ।

‘यो सवारीधनीकै लागि बेफाइदा हुने कुरा हो । हामीले पनि कडाइ गरेका छौं,’ उनले भने,’तेल हालेर चलाएको गाडी जथाभावी सडकमा दौडाएर किन आफ्नै घाटा ब्यहोर्थे र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment