Comments Add Comment

कर्णालीको नीति तथा कार्यक्रम पारित

फाइल तस्वीर

१२ वैशाख,  काठमाडाैं । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार पारित भएको छ । बुधबारको संसद बैठकले पारित गरेको प्रदेश उपसभामुख पुष्पा घर्ती मगरले जानकारी दिइन् ।

कर्णाली  प्रदेशको चालु आर्थिक वर्ष ०७४/०७५ को बाँकी महिनाका लागि तया तयार पारिएको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेश खनालले सोमबार संसदमा प्रस्तुत गरेका थिए ।

चालु आर्थिक वर्षको बाँकी तीन महिनाका लागि ल्याइएको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, पर्यटन र जलविद्युतको विकास गरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने संकल्प लिइएको छ ।

प्रदेशमा पेट्रोलियम पदार्थको उत्खनन् गर्ने, उज्यालो कर्णाली अभियानलार्इ अगाडि बढाउने, सीप तथा श्रम स्कुल खोल्ने उल्लेख समेत उल्लेख गरिएको छ ।
यस्तै बर्दिया-सुर्खेत सुरुङ मार्ग निर्माण गर्न पूर्व सम्भाव्यता अध्ययनका लागि संघीय सरकारसँग अनुरोध गर्ने, प्रत्येक स्थानीय तहमा जनघनत्व हेरी कम्तिमा १५ शैय्याको अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाउने ।

एक वर्षमा प्रदेशलाई सडक बालबलिकामुक्त प्रदेश बनाउने गरी अभियान संचालन गर्ने, हाई अल्टिच्युड एकेडेमी सम्बन्धी अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश र संघ एवं प्रदेश र स्थानीय साझेदारीमा सम्पन्न गर्न सकिने तथा प्रदेश स्वयमले सञ्चालन गर्ने सम्भावित आयोजनाहरुको सूची परियोजना बैंक तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुस् 

कर्णालीको नीति तथा कार्यक्रमः सुरूङमार्गदेखि श्रम स्कुलसम्म (पूर्णपाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment