१३ वैशाख, काठमाडौं । कानूनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुले नेतालाई भेट्नु नौलो कुरा नभएको स्पष्ट पारेका छन् ।
कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसहितका न्यायाधीशले प्रधानन्यायाधीश पदको लबिङका लागि नेता भेट्दै हिँडेका छन् ।
कानूनमन्त्रीले भने यो सामान्य भएको बताए । उनले भने, ‘न्यायाधीशहरु कुनै अलौकिक होइनन, उनीहरु पनि मान्छे नै हुन्, भेट्न पाउँछन र पाउनुपर्छ । यसलाई नौलो कुराको रुपमा लिनुहुँदैन ।’
रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री तामाङले कार्यवाहक प्रधानन्यायाधीशले नेतालाई भेटेको कुरा आएको बताए । उनले भने, ‘भेटघाटसँग जोडेर फैसला आयो भने चाहिँ अनि त्यो अपराध हुन्छ ।’
प्रधानन्यायाधीश नियुक्तिमा भइरहेको ढिलाइबारे सोधिएको प्रश्नमा मन्त्री तामाङले संसदीय सुनुवाई विशेष समिति गठनको प्रक्रियामा रहेको बताए । लगत्तै संवैधानिक परिषदमा सिफारिस गर्ने उनले बताए ।
उनले न्यायाधीशहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्नको लागि आफूहरु यतिवेला कानून निर्माणमा जुटेको बताए । सरकारको पहिलो प्राथमिकता कानून निर्माण भएको भन्दै उनले सोही अनुसार आफूहरु लागिपरेको बताए ।
प्रतिक्रिया 4