Comments Add Comment

भियतनामका हिन्दु समाप्तिको संघारमा !

पछिल्लो दिनमा हिन्दु धर्मलाई हेर्न भियतनाम पुगेँ । त्यहाँ पुग्दा यस्तो महसुस भयो कि केही परम्परागत चिजहरु कायमै छ तर, धेरै परिर्वतन भइसकेको छ । केही रहेका छन् तर, धेरै गुमिसकेको छ ।

चन्पा समुदाय २००० सालको इतिहाससँग अझै छन् । तर, यहाँ हिन्दु धर्म समाप्त हुने संघारमा छ ।

चन्पा क्षेत्र प्राचीन कालमा हिन्दु राज्य र हिन्दु धर्मको गढ थियो । केही बचेका पुराना मन्दिर यसको प्रमाण हो कि यहाँ हिन्दु धर्मको बोलबाला थियो ।

यहाँका स्थानीय समुदाम चमको शासन दोस्रो शताब्दीदेखि १८ औं शताब्दीसम्म चल्यो । चम समुदायका धेरै हिन्दु थिए । पछि उनीहरुमध्ये कयौंले बौद्ध र इस्लाम धर्म अपनाए । आज हिन्दु समदाय निकै खुम्चिएका छन् ।

उनीहरुलाई खोज्दै न्गेप गाउँ पुग्यौं । गाउँ निकै सानो थियो र हाइवेबाट केही मिटरभित्र थियो । दिउँसोको समय थियो र एउटा घरको बाहिर उभिएका टाउकोमा कपडा बाँधेका कुर्थाधारी युवा इनरा जाका फोनमा कुरा गरिरहेका थिए । किचनमा खाना पाकिरहेको थियो । उनको भाषा भियतनामी भाषा भन्दा फरक थियो । फोनमा कुराकानी सकिएपछि स्वागत गरे ।

घर बाहिर डाइनिङ टेबल थियो । केन्द्रमा एक-दुई मूर्ति थियो । इनरा जाका र उनका पिता इनरा सारा हिन्दु धर्म मान्छन्, जसको पूर्वज सदियौंदेखि यही क्षेत्रमा थिए ।

बाबुछोराको मिसन हिन्दु धर्मलाई बचाउने मात्र होइन, चम संस्कृतिलाई जिवित राख्नु पनि हो । चम समुदायले गुमाएको साहित्य र कलाको खोज गर्नु पनि हो ।

इनरा सारा चम भाषाका कवि र उपन्यासकार पनि हुन् । उनले ठूलो मेहनत गरेर चम साहित्यको कुराना कविहरु खोजे र उनीहरुको कविता छापे । भन्छन्, बाल्यकालमा आफ्नो समुदायको स्वणिर्मकालबारे सुनेँ, केही सत्य थियो भने केही जाल ।

बाबु चम समुदायको साहित्यलाई फेरि जीवित बनाउन जुटेका छन् भने छोरा हिन्दु धर्म बचाउन लागेका छन् । यसका लागि उनले चार पटक भारतको भ्रमण्म गरे र एक पटक विश्व हिन्दु सम्मेलनमा भाग लिए । छोरा इनरा जाका भन्छन्, ‘भारतबाट प्रेरणा लिएर यहाँ हिन्दु धर्मबारे मानिसहरुलाई बताउने कोसिस गरिरहेको छु । तर, यहाँको हिन्दु धर्म भारतभन्दा निकै भिन्न छ ।’

हामीले सोध्यौं कि हिन्दु धर्मको कुन पुरानो परम्परा उनको समाजमा अझै बाँकी छ ? उनले भने, ‘धेरै हामीले आफ्ना बुबआमा र हजुरबाआमाबाट सुन्यौं कि चट्टनमा पूजा गथ्र्यौं । हामी आज पनि शिवका भक्त हौं र मन्दिर पनि शिवको छ ।’

अहिले चम समुदायको जनसंख्या १ लाख ७० हजार छ, जो तीन वटा प्रान्तमा फैलिएका छन् । उनीहरुमध्ये झण्डै एक लाख हिन्दु छन् । चन्पा क्षेत्रमा मात्र चार मन्दिर छन्, जसमध्ये दुई वटामा आज पनि पूर्जा हुन्छ । हिन्दु धर्म लोप हुने अवस्थामा छ । हामीले सोध्यौं, तपाईले रामायण, भागवत गीता वा महाभारत पढ्नु भएको छ ?

उनले भने, ‘हाम्रो समुदायमा अब यो धार्मिक पुस्तक छैन । तपाई भन्न सक्नुहुन्छ कि हामीले पहिल्यै गुमाइसक्यौं । हाम्रो पुजारीसँग पनि यो किताब छैन ।’

एक समय हो ची मिन्ह जस्ता भियतनामको दक्षिणी शहरमा पनि निकै हिन्दुहरु थिए, अहिले पनि छ । १८ औं शताब्दीमा बनेका मन्दिरको रेखदेख गर्नेहरु आधा भारतीय र आधा भियतनामी छन् । उनीहरुको पूर्वज तमिलनाडूबाट आएर यहाँ बसे र बिह पनि गरे । हिन्दु धर्मसँग अहिले पनि जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment