Comments Add Comment

गच्छदारले बुथसम्मै खोजे भागवण्डा, उपसभापतिमा आफ्नै दाबी

१३ वैशाख, काठमाडौं । फोरम लोकतान्त्रिकलाई चुनावको मुखमा कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदारले केन्द्रदेखि बुथ कमिटीसम्म भागवण्डा मागेका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा गच्छदारले समायोजन प्रस्ताव राखेका हुन् । आफूलाई उपसभापति बनाउने सहमति भएको भन्दै उनले कार्यान्वयनको माग गरे । देउवाले उनलाई संसदीय दलको उपनेता बनाइसकेका छन् ।

फोरम लोकतान्त्रिकबाट आएका १५ देखि २० जनालाई केन्द्रीय सदस्य बनाउनु पर्ने गच्छदारको माग छ । प्रत्येक विभागमा ३/३ जना, समितिमा ७/७ जना, महासमितिमा ३०० जना र महाधिवेशन प्रतिनिधि ७०० माग गरेका छन् ।

जिल्ला, क्षेत्र, नगर, वडा र बुथ कमिटीमा उपसभापतिसहित कम्तिमा १० जना र क्रियाशील सदस्यमा २० हजार आफ्नो समूहलाई समायोजन गर्नु पर्ने उनको माग छ ।

भ्रातृ, भगिनी र सुभेच्छुक संगठनहरुमा पदाधिकारीसहित २५ प्रतिशत उनले मागेका छन् । केन्द्रीय कार्यालयमा पनि सचिवसहित ७ कर्मचारी समायोजन गर्नु पर्ने लिखित प्रस्ताव राखेका छन् ।

बिहीबार झण्डै तीन घन्टा बोलेका उनले बोल्ने क्रम भोलि पनि जारी रहने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

त्यसअघि बोलेका गोपालमान श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दाबी पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment