Comments Add Comment

कम-मुन वार्ता : पुलमा बसेर वार्ता, सामूहिक वृक्षारोपण

१४ वैशाख, काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे-इनबीचको ऐतिहासिक वार्ता चलिरहेको छ ।

शुक्रबार उत्तर कोरियाली नेता किम जोङ उन ले पहिलो पटक क्षिण कोरियाको असैन्य भूमिमा पाइला टेकेका थिए । त्यसयता उच्चस्तरीय वार्ता चलिरहेको छ ।

दुई नेताबीच दक्षिण कोरियाली भूमिमा पर्ने पुनमुनजोमस्थित पीस हाउमा वार्ता भएको छ । दुई नेताले पुलमा बसेर पनि वार्ता गरेका छन् । लञ्ज ब्रेकपछि किम र मुनले पैदल हिँड्न बनाइएको पुलमा बसेर कुराकानी गरेका हुन् ।

लगतै वृक्षारोपण गरेका छन् । दुबैले बेल्चाबाट माटो हालेपछि हात मिलाएका थिए । शान्ति र समृद्धिको सन्देश दिन सामूहिक रुपमा रुख रोपेका हुन् ।

वार्ताका क्रममा किमले सोलमा रहेको ब्लू हाउस भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । साथै राष्ट्रपति मुनलाई प्योङयाङ भ्रमणको निम्तो समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment