+
+
Shares

जब सोनम कपुरलाई सोधियो, बिहेपछि फिल्म खेल्ने कि नखेल्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १५ गते १०:३१

बलिउडमा जब कुनै नायिकाले बिहे गर्न आँट्छिन् उनलाई सोधिने पहिलो प्रश्न हुन्छ, ‘बिहेपछि फिल्मलाई निरन्तरता दिनुहुन्छ कि दिनुहुन्न ?’

नायिका सोनम कपुर अर्को महिना आफ्ना प्रेमी आनन्द आहुजासँग लगनगाँठो कस्दैछिन् । र, अहिले उनलाई पनि यही प्रश्न सोध्न थालिएको छ ।

हालै फिल्म ‘वीरे दि वेडिङ’ को पत्रकार सम्मेलनमा यो प्रश्न आएपछि नायिका क्षुब्ध बनिन् । उनले जवाफ दिइन्, ‘यो प्रश्न हामी नायिकाहरुलाई मात्र किन सोधिन्छ ? नायकहरुले पनि त बिहे गर्छन्, उनीहरुलाई किन सोधिँदैन ? शाहिद कपुरले मिरा राजपुतसित बिहे गर्दा बिहेपछि के गर्नुहुन्छ भनेर किन सोधिएन ?’

सोनमको यस्तो जवाफबाट पत्रकारहरु अवाक् बनेका थिए ।

उक्त पत्रकार सम्मेलनमा सोनमले सन्तान जन्माएलगत्तै फिल्ममा फर्केकी करिना कपुरको प्रशंसा गरिन् । करिनाले इन्डष्ट्रीमा उदाहरण बसालेको उनको भनाई थियो ।

‘करिना मेरो राम्रो साथी पनि हुन्, उनीसँग काम गर्दा खुबै मजा आयो,’ सोनमले भनिन् । करिनाले पनि फिल्ममा खुब इन्जोई गरेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?