+
+

श्रीमतीले ‘तपाई बुढो हुनुभयो’ भनेपछि…

करुणा कुँवर करुणा कुँवर
२०७५ वैशाख १५ गते १६:१५

करुणा जी, नमस्कार ।

ठूलो समस्यामा छु । कहिलेकाहीं दिक्कलाग्छ र मनमा अनेकौ कुराहरु खेल्छन् । विवाहपश्चात जीवन सुन्दर हुन्छजस्तो लाग्थ्यो तर संसारको सवैभन्दा दुःखी व्यक्ति हुँ भन्ने अभास भैरहेको छ ।

म ४० वर्षीय जागीरे व्यक्तिहुँ । स्थायी जागिर भएपछि मात्रै विवाहगर्छु भन्ने अडानका कारण मैले ३६ वर्षको उमेरमा २२ वर्षकी युवतीसँग विवाह गरें । कम उमेरकी केटी विवाह गर्नुको उद्देश्य पनि उनलाई पढाएर जागीर खुवाउने नै हो । विवाह गरेको केही वर्षपछि मैले थाहापाएँ, जीवनमा जागीर, पैसा, प्रसिद्धिठूलो कुरा होइनरहेछ । मुख्य कुरा त श्रीमतीसँग व्यस्थिति रुपमा जीवन चलाउनु नै रहेछ ।

अहिले उनको र मेरो दैनिक जीवनको रुचीखासै मिल्दैन । उनी सौन्दर्य, सिनेमा र घुमघाममा रुची राख्छिन् भने म उनले चाँडो भन्दाचाँडो जागीर खानु पर्छ भन्ने कुरामाजोड दिन्छु । उनीमलाई बुढो भइसक्नु भयो भनेर गालीगर्छिन् भने तिम्रो केटाकेटीपन कहिलै गएनभनेर रिसाउँछु । दुईको उद्देश्य नमिल्दा हाम्रो यौन सम्पर्क कमहुँदै गएको छ । अहिलेसम्म हाम्रो छोराछोरी पनि भएको छैन ।

करुणाजी, उनी २६ वर्षकीभइन् । ४० नपुग्दासम्म मलाई श्रीमती छाडेर केही समस्याहुँदैन भन्ने लाग्थ्यो तर आजभोलि जीवन प्रतिगम्भीर चिन्ता लाग्दैछ । हाम्रो पारिवारिक जीवनलाई कसरी व्यवस्थितगर्ने होला ? – टंक

टंकजी, बूढो महसूसगर्नु व्यक्तिको चिन्तन र सोचसँग सम्वन्धित बिषयहो । तपाईको सोच, संस्कार, चिन्तन र कार्यशैली युवास्तरकाछन भने तपाईका हरेक गतिबिधिहरुको नतिजा पनि उर्जाशील हुन्छन् । जसरी तपाई कुनै जमानामा अध्ययनशील हुनुहन्थ्यो र परीक्षामा राम्रो नतिजा ल्याउनु हुन्थ्यो, तपाईले आफूलाई राम्रो क्षमतावानहो भनेर दाबीगर्नका लागि आज पनि त्यही स्तरको मेहनतगर्नु आवश्यक छ ।

नयाँ कुरा जान्नखोज्ने, उर्जाशील भैरहने तपाईको सोच छैन भने कम उमेरमै मानिस बुढो हुन्छन् । ४० वर्षसम्मका व्यक्तिलाई सरकारले युवामान्ने गरेको छ । तर मनोवैज्ञानिक हिसावमा सोच र चिन्तनका कारण मानिसहरुलाई बूढो र युवाभनेर परिभाषितगर्न सकिन्छ । युवाभएर पनि उ निष्कृय छ, जोश जाँगर छैन, नयाँ कुरा जान्नखोज्दैन भने २० बर्षे मानिस पनि बृद्ध हुन्छ । फूर्तिलो, जोशिलो, शारीरिक अभ्यास गरी तन्दुरुस्त भैरहने र ज्ञानका दृष्टिले आफूलाई अद्यावधिक राखी रहने मानिसहरु सँधै युवा भैरहन्छन । त्यस्ता ब्यक्तिहरुलाई उमेरले खास फरक पार्दैन ।

तपाईले आफूलाई २०/२२ बर्षे जवान सोचेमा युवाहरुमा हुने जस्तो उर्जा कायम रहिरहन्छ । अर्को पक्ष के हो भने तपाईंको हकमा श्रीमान र श्रीमतीबीचको उमेरको फरक निश्चय नै बढीहो । यस्तोमा श्रीमान र श्रीमतीबीचको सोचाई, चाहना र प्राथमिकताहरु फरक हुनु स्वाभाविक पनि हो । अध्ययनहरुले देखाएअनुसार आदर्श सम्वन्धका लागि श्रीमान र श्रीमतीबीचको उमेर फरक सामान्यतयाः ३/४ बर्षको मात्रहुनुपर्छ । उस्तै उस्तै उमेरका श्रीमान श्रीमती वा श्रीमान भन्दा श्रीमती केही कमउमेरको भए पनि उनीहरुबीचको हरेक सम्वन्धमाखास समस्या आउँदैन । यौनजीवन सन्तुष्टिले भरिएको हुन्छ । यसका साथै श्रीमती श्रीमानभन्दा बढिउमेरको बिषयलाई ठूलो मुद्धा बनाउँदैनन् झन् बढिउमेरको भएपनि खासै फरक पर्दैन । बढीउमेर हुने क्रमसँगै अर्थात श्रीमान ७० बर्षको र श्रीमती ५० बर्षको उमेरको अवस्थामा पनि यो त्यति धेरै चासो र चिन्ताको बिषयबन्दैन जतिश्रीमानको उमेर ४० बर्ष र श्रीमतीको उमेर २० बर्ष भएको अवस्थामाहुन्छ ।

श्रीमान र श्रीमतीबीचको उमेर १२ बर्षभन्दामाथिको रहेको छ भने उनीहरुका चाहना, प्राथमिकता, शारीरिक गतिबिधिहरुमा फरक पर्न जान्छ । ३५ बर्ष उमेरको श्रीमान जागिरमा व्यस्तहुन मन पराउने र अन्य जिम्मेवारीलाई पूर्णता दिनखोज्ने खालको हुन्छभने २५ बर्षभन्दा कमउमेरको केटीको प्राथमिकता पौडी खेल्न जाने, रात्रीक्लबजाने, नाँच्ने वापार्टी कार्यक्रमहरुमा सहभागीहुने, सिनेमा हेर्न मनपराउने हुन्छ ।

२५ बर्ष उमेरकी श्रीमतीलाई उनका उमेरजन्य गतिबिधिहरुको बिन्दास अनुभवगर्न रोक्दा अप्राकृतिक निषेध हुन्छ । मूलको पानी थुन्नखोज्नु जस्तै हुन्छ । अर्को कुरा ४० बर्ष उमेरको श्रीमानलाई २०/२२ बर्षको गतिबिधिहरुमा तानेर ल्याउँदात्यही कुरा दोहोर्‍याउँदाहुने जस्तो दिक्दारी हुनु पनि स्वाभाविक नै हो । किनकी उसका पनि उमेरजन्य प्राथमिकता र चाहना अर्कै खालका हुन्छन । बढी उमेरको श्रीमान कम उमेरकी श्रीमतीका लागि साथी भन्दा पनि अभिभावक जस्तो हुन्छ ।

यसैलाई उनले सकारात्मक रुपमालिने हो भने श्रीमानबाटअभिभावकले जस्तै बढी केयरिङ पनि पाउने हुन्छ । यहाँतपाईंहरुको उमेरको फरक बाटसिर्जित समस्यालाई हेर्दा श्रीमानले श्रीमतीको उमेरजन्य चञ्चले ब्यवहारलाई सहज रुपमा बुझ्ने, त्यसलाई स्वीकार्ने र उनका चाहना अनुरुपको ब्यवहार गर्ने समाधानको उपाय हुनसक्छ । तपाइर्ंलाखौं रुपैयाँको सोच बनाइरहनुभएको हुन सक्छ । तर श्रीमतीलाई २ सय रुपैयाँको टिकटलिएर फिल्म देखाउँन लैजाँदा त्यो भन्दाबढी सन्तुष्टि प्राप्तहुन सक्छभन्ने कुरा भुलिरहनु भएको हुन सक्छ । त्यसैगरी अर्को पक्षबाट हेर्दा श्रीमतीले पनि परिपक्व श्रीमानबाटहुने बढी अभिभावकत्व तथा अनुभवबाट प्राप्तहुन सक्ने लाभलिनुपर्ने हुन्छ ।

श्रीमानले पनिश्रीमतीबाट सरकारी जागिरको अपेक्षा भन्दा श्रीमतीको जागिरप्रतिको चाहना के छ र के कस्तो जागिरमा रुची छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसै अनुरुपकामगर्ने अवसर दिलाउनुपर्छ । यसले दुबैजनालाई नजिकल्याउन मद्दतपुग्छ । त्यसपछि यौन जीवनबारे छलफलगर्ने, श्रीमतीको यौन चाहना र सन्तुष्टिको बारेमा बुझ्ने, यौनमा रोमाञ्चकता भए नभएको बुझेर त्यसै अनुसार यसमा निखार ल्याउने काम भएमा उमेरको फरकबीच पनि सन्तुष्टि प्राप्तिका नयाँढोकाहरु खुल्न सक्ने छन । दुबैकाचाहना र आकांक्षाहरुलाई सम्मानगर्न सक्दा फेरि एउटा रमाइलो वातावरण निर्माणहुन सक्छ । दुबैजना अलग अलगदिशातिर फर्किने हो भने त उपलब्ध संभावनाहरु पनिगुम्न सक्छन । त्यसैले उमेरको ठूलो फरकबीचका संभावनाखोज्नेतिर लाग्नु नै बेस हुन्छ ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई [email protected] मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?