+
+
Shares

शक्ति देखाउने भन्दै दुई झाँक्री कर्णालीमा हाम फाले

एकको मृत्यु, अर्का बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १६ गते ११:०७

१६ वैशाख, काठमाडौं । बाजुराको जगन्नाथमा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेका छन् ।

नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् ।

उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?