Comments Add Comment

बेष्ट बेनिशा


नायिका बेनिशा हमाल केही दिन अगाडि एक अवार्ड समारोहमा सजिएर पुगिन् । उनी, सजिएर पुग्ने वित्तिकै धेरैले अनुमान लगाइसकेका थिए कि, वेष्ट हिरोइनको अवार्ड उनले नै पाउनेछिन् । अन्त्यमा, उनी नै बेष्ट हिरोइन भइन् ।

नेपालमा प्राय अवार्ड कार्यक्रममा अवार्ड नपाउने कलाकार पुग्दैनन् । नोमिनेशनमा परेका मध्ये पाउने पक्का भएका मात्र अवार्डमा पुग्छन्, अरुले वास्ता नै गर्दैनन् । यसैले पनि वेनिशा अवार्डमा पुग्दा अड्कल लगाउनु स्वभाविक नै हो ।

तर, यो बर्ष नायिका हमाल अवार्डका लागि हकदार पनि छिन् । कारण, उनले अभिनय गरेको चलचित्र ‘ब्लाइन्ड रक्स’ले व्यापार नगरेपनि उनको मिहिनेतको कदर खुबै भयो ।

बेनिशा अहिले दैनिक जीम धाएर आफूलाई फिट राख्न तल्लिन छिन् । यसैले, उनले लगाएको लेहेङ्गमा उनी निकै आकर्षक देखिएकी थिइन् । कुनै समय पहिरनमा खासै वास्ता नगर्ने नायिका पछिल्ला बर्षमा भने पहिरनमा ध्यान दिन थालेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment