+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बुद्धको जन्मस्थलबारे विवाद गर्न आवश्यक छैनः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते ११:२६

१७ वैशाख, लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक नभएको बताएका छन् ।

२५६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले लुम्बिनीमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले बुद्ध नेपालमै जन्मिएको दोहोर्‍याउँदै दोधार हुन आवश्यक नभएको बताए । ‘किनभने भारतका सम्राट अशोकले पनि अशोक स्तम्भ बनाएर बुद्ध नेपालै जन्मिएका भनेर गएका छन्,’ प्रधानमन्त्रीको प्रश्न गरे, ‘किन बुद्धको जन्मबारे मान्छेले भ्रम फिजाउँछन् ?’

बुद्ध दर्शन नेपालबाटै सुरु भएको बताउँदै प्रधानमन्त्रीले बहस र विवादको विषय नबनाउन आग्रह गरे । ‘बुद्धका उदपदेश कालजयी छन्, आज पर्यन्त पनि उत्तिकै सान्दर्भिक छन्,’ उनले भने, ‘मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् ।’

प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि शान्ति र स्थिरताका आवश्यक भएको बताए । उनले लुम्बिनीलाई शान्तिको अनुभूति हुने ठाउँकोरुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनीमा फल्ने र फुल्ने विरुवाहरु रोप्न आग्रह गर्दै प्रधानमन्त्रीले यहाँ सुगन्ध ज्ञानमा मात्रै होइन हावामा पनि हुनुपर्नेमा जोड दिए ।

उनले बुद्ध जयन्तीलाई विश्व उत्सवकोरुपमा मनाउन सरकारले आवश्यक पहल गर्ने जानकारी दिए । प्रधानमन्त्रीले रामग्रामदेखि तिलौराकोटसम्मको क्षेत्रलाई विशेष महत्वका साथ विकास गरिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?