१७ वैशाख, काठमाडौं । धौलागिरि हिमाल आरोहणका लागि गएका एक पर्यटकको मृत्यु भएको छ । १५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो ।
गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीले जानकारी दिए । उनको शव सोमबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
१५ जनाको टिमसहित हिमाल आरोहणमा गएका तेर्रा टोलीबाट छुट्टिएर एक्लै हिँडेका बेला मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4