Comments Add Comment

फिलिपिनो कामदारलाई कुवेत जान प्रतिबन्ध

१७ वैशाख,काठमाडौं । फिलिपिन्सले आफ्ना नागरिकलाई कामका लागि कुवेत जान प्रतिबन्ध लगाएको छ ।

गत फेब्रुअरीदेखि अस्थायी रुपमा लगाएको प्रतिबन्ध अब स्थायी रुपमानै  कायम रहने राष्ट्रपति रोड्रिगो डुटेर्टेलेले आइतबार बताएका छन् ।

कुवेतमा फिलिपिनो हाउसमेड र कामदारमाथि दुर्व्यवहार भएको गुनासो आइरहेको थियो ।

‘यो प्रतिबन्ध स्थायी रुपमा लागू हुनेछ’ राष्ट्रपतिले भनेका छन् ‘त्यहाँ अबदेखि कुनै भर्ना हुने छैन, अझ घरेलु कामदारका लागि, अब हुँदैन ।’

यस विषयमा कुवेतको प्रतिक्रिया भने आइसकेको छैन । दुई देशबीच प्रतिबन्धको समय फेब्रुअरीको अन्त्यमा वार्ता हुने तयारी  थियो । तर गत हप्ता फिलिपिनो राजदूतावासमा काम गर्ने दुई जना पक्राउ परे । घरेलु कामदार महिलालाई उनीहरुको रोजगारदाताको घरबाट भगाउन उनीहरुको हात रहेको आशंकामा पक्राउ गरिएको गियो ।

डुर्टेटेले कुवेतमा रहेका फिलिपिनो नागरिकलाई पनि चाहेमा स्वदेश फिर्ता हुन आग्रह गरेको छ । उनले सरकारले त्यस्ता व्यक्तिका लागि पुनर्स्थापनामा सहयोग गर्ने पनि बताएका छन् ।

‘घरेलु कामदारहरु जसलाई उसको रोजगारदाताले राख्न चाहेको छ, यो उनीहरुको चाहनाको कुरा हो, तर उपयुक्त विकल्प छनोट गर्नुपर्छ, उनले भनेका छन् ‘ तर रोजगारदाताले मानवीय व्यवहार गर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment