+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पिए नअटाएपछि मन्त्रीले गरे हेलिकोप्टर यात्रा क्यान्सिल

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७५ वैशाख १८ गते ०:३०

१७ वैशाख, काभ्रे । सोमबार, २५६३ औं बुद्धजयन्ती । काभ्रेको नमोबुद्धमा पनि एक कार्यक्रम आयोजना गरियो । कार्यक्रमको प्रमुख अतिथीको निमन्त्रणा थियो कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार पवित्र नमोबुद्ध स्थलमा हेलिकोप्टरबाट पुष्पबृष्टि गर्ने कार्यक्रम पनि थियो । आयोजकले मन्त्री तामाङकालाई काठमाडौंबाट सोही हेलिकोप्टरमा ल्याउने व्यवस्था मिलाए ।

तामाङ्लाई लिन हेलिकोप्टर मध्यान्ह १२ बजे एयरपोर्ट पुग्यो । हेलिकप्टरमा जम्मा ६ जनाको सिट थियो । जसमध्ये, नमोबुद्ध क्षेत्रको गुम्बाका ३ जना गुरु, एक जना पुष्पवृष्टि गर्ने व्यक्ति र एकजना चालक दलका सदस्य रहेका थिए । बाँकी एउटा सिट मन्त्रीका लागि ।

हेलिकोप्टर पुगेपछि मन्त्री तामाङ सिंहदरबारबाट एयरपोर्ट पुगे । उनी हेलिकप्टर भित्र छिरे । एउटा मात्रै सिट बाँकी थियो । पिए अटेनन् । पिए नअटेपछि मन्त्री पनि फनक्क फर्के । भूइँमा ओर्लिए । मन्त्रीका लागि राखिएको एउटा खाली सिटसहित हेलिकप्टर नमोबुद्ध आयो ।

मन्त्री तामाङ भने लगत्तै गाडीमा नमोबुद्ध आइपुगे । उनी आउदा झमझम पानी परेको थियो । जसले गर्दा अतिथिहरु र बुद्ध जयन्तीको शुभकामना दिन आउनेहरु मञ्चको छेउछाउ मन्त्रीको पर्खामा बसेका थिए ।

मन्त्रीले कार्यक्रममा शुभकामना दिए । छाता ओडेर मन्त्रीले आफ्ना कुराहरु राखे । छेउछाउमा रहेका अतिथिहरुले पनि छाता आढेरै उनको भाषण श्रबण गरे ।

बुद्धको पथमा हिड्न सुझाव

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले धार्मिक सहिष्णतामा खलबल आउने कदम कतैबाट पनि हुन नहुने बताएका छन् ।

काभ्रेेको नमोबुद्ध नगरपालिका-११ नमोबुद्धस्थित नमोबुद्धमा २५६२ औं बुद्ध भगवान घ्याङ गुठी ब्यवस्थापन समितिले आयोजनामा भएको २५६२ जयन्तीको अवसरमा भएको पुष्पवृष्टि तथा धार्मिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तामाङले धार्मिक रुपमा जे भएपनि मिलेर बसेका नेपालीलाई विगार्ने प्रयत्न नगर्न आग्रह गरे ।

देशको विकास र समृद्धिका लागि सबै बुद्ध पथमा अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । नमोबुद्धमा अनादिकाल अगाडि पुण्य संभार आर्जनको क्रममा महात्मा बुद्धले भोकले ब्याकुल भएकी बघिनीप्रति महाकरुणाले ओतप्रोत भइ आफ्नो शरीर नै दान दिएको पौरानिक कथन रहिआएको छ । सोही कथन अनुसार नै यहाँ विभिन्न देशबाट र देशभरिका विभिन्न स्थानबाट समेत दर्शन गर्न र मेला भर्न आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?