+
+
Shares

‘हैरान’को ‘हैरान च्यालेञ्ज’

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १९ गते १२:२८


चलचित्र ‘हैरान’को निर्माणपक्षले प्रतिभाको खोजी गर्ने भएको छ । ‘हैरान च्यालेञ्ज’ नाम दिएर ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्न लागिएको हो । नृत्य , अभिनय र गायन विधामा प्रतिभाको खोजि वैशाख २० गते झापाबाट सुरु हुने अडिसनका लागि यो चलचित्रको यूनिट मोफसल लागेको छ ।

चलचित्रका निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट , निर्मल शर्मा , सागर लम्साल , आरोही शर्मा मोफसल यात्रामा निस्किएका हुन् ।

टिमले अडिसन लिनुका साथै स्थानीय सञ्चारकर्मी र दर्शकसँग चलचित्रको बारेमा कुराकानी पनि गर्नेछ । २० गते झापाको विर्तामोडबाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् ।

जेठको ४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले कमेडी जनरामा समाजको गहन कथालाई उठान गरेको छ । चलचित्रलाई सौगात बिष्टले निर्देशन गरेका हुन् । चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतका कलाकारको अभिनय छ ।

डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?