+
+
Shares

बझाङमा बाढीले जीप बगाउँदा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते १५:५६

२० वैशाख, बझाङ ।  बझाङको झोताबाट सदरमुकाम चैनपुरतिर आउँदै गरेको जीप जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलामा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

बुधबार राति ८ बजे खोलामा आएको ठूलो बाढीले से १ ज ८२० नम्बरको जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीपचालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्द रहेका प्रहरीले जनाएको छ ।

जीप खोलाले बगाएर झण्डै ५० मिटर तल खोँचमा पुरिएको अवस्थामा भेटिएको थियो । अप्ठ्यारो भीर र जीपलाई माटोले पुरिएकाले बिहीबार दिउँसो साढे २ बजेमात्र शव निकालिएको बझाङका प्रहरी प्रमुख डीएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

‘जीपमा भेटिएका ३ जनाको शव जिल्ला अस्पताल ल्याउँदैछौं’ उनले भने ‘ जिपमा कति जना चढेको भन्ने यकीन भएको छैन, तीन जनाको मात्र शव भेटिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?