Comments Add Comment

दीपिकाको गर्दनमा अझै पूर्वप्रेमीको नामको ट्याटु


कुन व्वाईफ्रेन्डले चाँहिदो हो, आफ्नो प्रेमिकाको शरीरमा अर्कै पुरुषको नामको ट्याटु ? के रणवीर सिंहले अहिलेसम्म दीपिकाको गर्दन हेरेकै छैनन् ? यही प्रश्न अहिले भारतीयहरुले सोसल मिडियामा उठाइरहेका छन् ।
प्रसंग हो दीपिका पादुकोणको गर्दन पछाडि देखिएको ट्याटुको ।

हालै उनले जिममा एक्सरसाइज गरिरहेको फोटो सोसल मिडियामा भाइरल भयो । भाइरल हुनुको कारण थियो यही ट्याटु । खासमा यो ट्याटु उनले रणवीर कपुरसँग प्रेममा पर्दा उनको नाममा खोपेकी थिइन् । ट्याटुमा अंग्रेजी अक्षरमा आर.के. लेखिएको छ । अर्थात्, रणवीर कपुरको संक्षिप्त रुप ।

दिपिकाको रणवीर कपुरसित ब्रेक अप भएको लामो समय भइसक्यो । तर, उनले यो ट्याटु हटाउने कष्ट गरिनन् । अहिले उनी अर्का रणवीर सिंहसँग प्रेममा छिन् । तैपनि उनले ट्याटु मेटाएकी छैनन् । यसबाट रणवीर कपुरपछि उनको मनको कुनामा अझै कुनै स्थान छ कि भन्ने अड्कल काट्न सकिन्छ ।

तर, आफ्नी प्रेमिकाको गर्दनमा अर्कै व्यक्तिको नामको ट्याटु रणवीरले कसरी सहेका छन् भनेर फ्यानहरुले प्रश्न उठाइरहेका छन् । होइन त अचम्म ? त्यसमाथि अहिले रणवीर सिंह र दिपिकाको चाँडै बिहे हुने चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment