शुक्रबारदेखि हलमा चलचित्र ‘डमरुको डन्डिबियो’ रिलिज भएको छ । छेतन गुरुङको निर्देशनमा बनेको यो चलचित्रले नेपालबाट लोप हुँदै गएको डन्डिबियो खेलको कथालाई उठान गरेको छ ।
चलचित्रको ट्रेलरले चर्चा पाइरहेका कारण पनि बक्स अफिसमा यसले राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । उनलाई, अनुप बराल, वुद्दि तामाङ, मेनुका प्रधान लगायतले साथ दिएका छन् ।
यो चलचित्र सोलो रिलिज हो । तर, अघिल्लो सातादेखि रिलिज भएको हलिउड चलचित्र ‘एभेन्जर्स’को प्रभाव मल्टिप्लेक्समा अझै पनि देखिएकाले ‘डमरुको डन्डिबियो’लाई चुनौती बन्न सक्छ । मल्टिप्लेक्स हलमा कलाकार खगेन्द्रको क्रेज राम्रो छ । यसैले, उनको अभिनय र फरक कथावस्तु हेर्न दर्शक आउने अपेक्षा निर्माणपक्षको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4