शुक्रबार अर्थात आजबाट रिलिज भएको चलचित्र ‘डमरुको डन्डिबियो’को विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ ।
चलचित्र हेर्नका लागि निर्देशक, पत्रकारको उपस्थिती बाक्लो थियो । छेतन गुरुङको डेब्यू चलचित्र भएकाले पनि उनको काम हेर्न धेरै निर्देशक हल पुगेका थिए ।
चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, अंकित खड्का, वुद्दि तामाङ लगायत पनि हल पुगेका थिए । यस्तै, नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा पनि हलमा पुगेका थिए ।
चलचित्र हेरेका अधिकांशले नेपाली दर्शकका लागि यो चलचित्र फरक स्वाद भएको बताए । चलचित्रले डन्डिबियो खेलको कथालाई उठान गरेको छ । तर, यसलाई कमर्सियल भ्यालुसँग पनि जोडिएको छ ।
चलचित्रको कथावस्तु, पटकथालाई धेरैले राम्रो भनेका छन् । साथमा, नायक समेत रहेका खगेन्द्र लामिछानेले लेखेको संवादहरु मन छुने छन् । चलचित्रले सुरुवाती व्यापार भने औषत गरेको छ ।
प्रतिक्रिया 4