+
+

निर्माताहरुले जेठ ४ देखि हलमा फिल्म चल्न नदिने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते १६:५४


चलचित्र निर्माता संघले राखेको २ बुँदे मागमा चलचित्र संघले आजसम्म कुनै पनि चासो नदेखाएपछि निर्माताहरुले थप नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल चलचित्र निर्माता संघको संघर्ष समितीका संयोजक रोज राणाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ३ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितीले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्र्तगत जेठ १ गतेबाट सम्पूर्ण चलचित्रकर्मी कालो पट्टी बाँधेर हलमा उपस्थिती हुनेछन् । यस्तै, जेठ २ गते चलचित्र विकास बोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्नका लागि दबाब दिदै धर्ना बस्नेछन् । जेठ ४ गतेबाट भने सम्पूर्ण चलचित्र भवनहरुमा कुनै पनि चलचित्र प्रदर्शन गर्न नदिने निर्माता संघले बताएको छ ।

संघर्ष समितीका संयोजक रोज राणाले अनलाइनखबरसँग भने-‘अहिलेसम्म बार्ताका लागि हामीलाई बोलाइएको छैन । यदि, हाम्रो आन्दोलन अगाडि नै बार्ता सफल भयो भने कार्यक्रम फिर्ता हुन्छ । होइन भने माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’ रोजले, आफूहरु शेयर बाँडफाँडको बिषयमा लचिलो हुन नसक्ने समेत स्पष्ट पारे । उनले भने-‘हामीले निर्मातालाई ६० र प्रदर्शकलाई ४० को जुन शेयर बाँडफाँडको माग गरेका छौ, त्योबाट अब पछि हट्ने भन्ने कुरा आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?