Comments Add Comment

बेलायतका विदेश राज्यमन्त्री फिल्ड आइतबार आउँदै

२१ वैशाख, काठमाडौं । संयुक्त अधिराज्य बेलायतका एशिया तथा प्रशान्तका लागि विदेश राज्यमन्त्री मार्क फिल्ड नेपालको दुईदिने भ्रमणमा आगामी आइतबार काठमाडौं आउने भएका छन् ।

दुई सय वर्ष पुरानो नेपाल–बेलायतबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन राज्यमन्त्री फिल्डबाट उक्त भ्रमण हुन लागेको यहाँस्थित बेलायती राजदूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

नेपालको संघीयतामा सघाउने एवं दुई देशबीचको व्यापार तथा लगानी बढाउने बारेमा आफूले नेपालका उच्च अधिकारी र व्यापारी समुदायसँग विचारविमर्श गर्ने काठमाडौँतर्फ प्रस्थान गर्नुअघि लण्डनमा राज्यमन्त्री फिल्डले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment