Comments Add Comment

मनास्लुः किलर माउन्टेनको काखमा (फोटो फिचर)

मनास्लु, जसलाई चिनाउने केही साझा विशेषण छन् । जस्तो कि, किलर माउन्टेन । पदयात्राका लागि नेपाल आउने पर्यटकको पाँचौ रोज्जा गन्तव्य । विश्वको आठौं अग्लो हिमाल ।

आठ हजार एक सय ६३ मिटर अग्लो टाकुरामा पहिलोपटक जापानका टी इमानिस र ग्लसेन नोर्बुले पाइला राखेका थिए । त्यसको करिब ५५ बर्षपछि हामी पनि मनास्लुलाई गन्तव्य बनाएर लार्के पास हुँदै मनाङको थिमथाङको फन्को लगाएर पोखरा फर्किएका थियौं । सात बर्ष अघिको कुरा हो यो ।

यसपालि फेरि हामी त्यही गन्तव्य ताकेर नुमरुड गाउँसम्म पुग्यौं ।

नुमरुड, लेकाली गाउँ । २ हजार ६ सय मिटर उचाइमा अवस्थित । यो ऐतिहासिक गाउँ पनि हो । अहिले यहाँ स्थानिय लाक्पा डुण्डपले आफ्नै लगानीमा संग्राहलय पनि बनाइरहेका रहेछन् । निर्माण सम्पन्न भइसकेपछि सरकारलाई हस्तान्तरण गर्ने उनको योजना छ ।

अहिले मनास्लु पुग्नका लागि दुईजना सहयात्री हुनु अनिवार्य रहेछ । एक्लै पदयात्रा गर्न नमिल्ने । तर, यसले पर्यटन आगमनमा अवरोध हुने स्थानीयको बुझाइ छ । एक्लै पनि पदयात्रा गर्न सकिने व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ थियो । साथै पदयात्राका क्रममा ठाउँ–ठाउँमा पदयात्रालाई सहज गराउने चिन्हसमेत राखिएमा सजिलो हुने उनीहरुको बुझाइ छ ।

कसरी पुग्ने मनास्लु आधार शिविर ?

काठमाडौंबाट यात्रा थाल्ने हो भने पहिलो दिन सोतीखोलासम्म पुग्नुपर्छ । यसका लागि गाडीमा ९ घण्टाको यात्रा छिचोल्नुपर्छ ।

दोस्रो दिन सोतीखोलादेखि माछाखोला । माछाखोला पुग्न ६ घण्टा लाग्छ । तेस्रो दिन पाँच घण्टाको यात्राबाट माछाखोला देखि जगत पुगिन्छ ।

चौथो दिन जमेर पाँच घण्टा हिँड्नुपर्छ, दङ पुगिन्छ । त्यसपछि नामरुङ । नामरुङ पुग्नका लागि पनि दङबाट पाँच घण्टा हिँड्नुपर्छ ।

छैठौ दिन नमरुङ्गबाट चार घण्टा हिँडेर सामागाउँ पुगिन्छ । सातौं दिन लेक लाग्ने सम्भावना भएका कारण यो दिन सामागाउँमै बास बस्ने गरिन्छ ।

आठौं दिन सामागाँउदेखि मनास्लु आधारशिविर । समुन्द्री सतहदेखि ४ हजार ४ सय ६० मिटर उचाइमा रहेको मनास्लु आधारशिविर पुग्नलाई ५ घण्टा यात्रा तय गर्नुपर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment