Comments Add Comment

जान्भी किन सँधै बोकेर हिँड्छिन् यो बोतल ?

बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्भी फिल्ममा डेब्यू गर्ने तयारीमा छिन् । उनले अभिनय गरेको पहिलो फिल्म धडक अहिले निर्माणको अन्तिम चरणमा छ ।

खैर, यो अर्कै प्रसंग हो । हामी यहाँ कुरा गर्दैछौं, जान्भीले बोक्ने गरेको एउटा बोतलको बारेमा । श्रीदेवीको निधनपछि जान्भी जहाँ-जहाँ क्यामरामा कैद भएकी छिन्, उनको हातमा एउटा बोतल टुटेको छैन । रेस्टुरेन्टबाट निस्किदा होस वा एयरपोर्ट छिर्दा, व्वाईफ्रेन्डसँग डेट गर्दा होस वा परिवारसँग घुम्दा उनको हातमा एउटा पिंक कलरको बोतल हुन्छ हुन्छ । यो बोतल उनी किन बोकेर हिँडिरहेकी छिन् भन्ने अहिलेसम्म खुलेको छैन ।

धेरैले अनुमान गरेका छन् कि यो बोतलको उनकी आमा श्रीदेवीसँग कुनै न कुनै कनेक्सन छ । अन्यथा उनले यो बोतल आमाको मृत्यूपछि नै किन बोक्न थालिन् ?

जान्भी आफ्नी आमा श्रीदेवीसँग निकै नजिक थिइन् । उनलाई फिल्ममा डेब्यू गराउन श्रीदेवीकै हात छ । तर, छोरीको डेब्यू फिल्म उनले हेर्न पाइनन् ।

श्रीदेवीलाई मरणोपरान्त भारत सरकारले नेसनल अवार्ड प्रदान गरेको छ । सो अवार्ड लिन जान्भी आमाको साडी लगाएर समारोहमा पुगेका थिइन् । त्यतिबेला पनि उनको हातमा यो पिंक बोतल छुटेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment