Comments Add Comment

स्मार्ट एयर प्युरिफायर जसले कोठालाई ताजा राख्छ

हामी युवावस्थामा आफ्नो स्वास्थ्यको ख्याल गर्दैनौं । हाम्रो जीवनको पहिलो दशकमा हामी स्वास्थ्यमा हेलचक्र्याइँ गर्छौँ, जसले तत्कालै बेफाइदा नगरेको जस्तो देखिए पनि विस्तारै उमेर बढ्दै जाँदा असर गर्न सक्छ । आफ्नो स्वास्थ्य राम्रो बनाउन सबैले ध्यान दिन जरुरी छ ।

स्वास्थ्य स्थितिमा फरक पार्ने एक मुख्य तत्व हामीले श्वासप्रश्वास मार्फत लिने गरेको हावाको गुणस्तर पनि हो, हाम्रो वरिपरिको हावा कति प्रदूषित छ भन्ने बारेमा हामी सबैलाई थाहा नै छ र प्रदूषित हावाले हाम्रो जीवनमा कस्तो असर गर्छ भन्ने बारेमा पनि हामीलाई अलिअलि हेक्का पक्कै छ ।

विशेषगरी प्रदूषित हावामा  फैलिएका टक्सिनहरूले हाम्रो शरीरमा ट्युमरहरू पलाउने, क्यान्सर हुन सक्ने सम्भावना रहन्छ । त्यसैले हामीले सकेसम्म हाम्रो वरिपरिको हावा स्वच्छ बनाउनुपर्छ ।

हिजोआज बजारमा सयौं प्रकारका स्मार्ट एयर प्युरिफायरहरू पाइन्छन् र धेरैजसो कम्पनीले आफ्नो उत्पादन नै उत्कृष्ट स्मार्ट एयर प्युरिफायर रहेको दावी गर्छन् । एयर प्युरिफायरको मुख्य काम घरभित्रको हावालाई फिल्टर गर्ने हो । घरभित्रको हावा बाहिरको प्रदूषणबाट अछुतो छैनन् भन्ने कुराको ज्ञान हामी सबैलाई हुनु आवश्यक छ ।

यस्ता छन् बजारमा पाइने स्मार्ट एयर प्युरिफायर

एयरसेन्स स्मार्ट एयर प्युरिफायर

एयरसेन्स सबैभन्दा आकर्षक एयर प्युरिफायर र एयर मोनिटर हो । यसमा उत्कृष्ट एयर सेन्सर जडान भएको छ, जसले हावाको गुणस्तर, तापक्रम र आदर््रताको बारेमा जानकारी दिन्छ । यसको मनिटरले कार्बन मोनोअक्साइड, एमोनिया, मिथेन र अन्य प्रदूषकहरू जस्ता भोलाटाइल अर्गानिक कम्पाउन्डहरूको बारेमा सचेत बनाउँछ । साथै तपाईलाई आफ्नो परिवारको राम्रो ख्याल गर्नको लागि जीवन सुधारको सुझावहरू पनि यसले दिन्छ । यो उत्कृष्ट एयर प्युरिफायरमा एकीकृत लाइट इन्डिकेटर छ जुन हावाको गुणस्तर परिवर्तन भएपछि परिवर्तन हुन्छ ।

एन्ड्रोइड र आइओएस दुवै डिभाइसमा चल्ने आइबेबी नामक फ्रि एपको मद्दतले तपाईले यसलाई नियन्त्रण गर्न सक्नुहुन्छ । एयरसेन्स इन्स्टल गर्न पनि धेरै नै सजिलो छ । यसलाई तपाईंले घरको वाइफाइ नेटवर्कमा एकपटक जोडेएपछि आइबेबी केयर एप डाउनलोड गर्नुहोस् र स्त्रिmनको निर्देशन पालना गर्नुहोस् ।

यो स्मार्ट प्युरिफायर बच्चा र क्रोनिक डिजिजका बिरामी भएको परिवारको लागि धेरै नै उपयुक्त छ ।

एयर सेन्स एयर प्युरिफायर धेरै नै राम्रो डिभाइस हो तर यसको एक कमजोरी छ । तपाईको पासवर्डमा अक्षरको अलावा अन्य चिज छ भने कहिलेकाही यो डिभाइस तपाईको वाईफाई नेटवर्कसँग कनेक्ट हुन सक्दैन यस कुरालाई दिमागमा राखेर तपाईले आफ्नो अफिस वा घरको लागि यो खरिद गर्न सक्नुहुन्छ ।

होम्स् स्मार्ट एयर प्युरिफायर

होम्स् स्मार्ट एयर प्युरिफायरले कोठाको हावालाई ताजा बनाउन मद्दत गर्छ । युसले वेमो एपमार्फत काम गर्छ र यसको सेटिङलाई तपाईले आफ्नो स्मार्ट डिभाइसले नियन्त्रण गर्न सक्नुहुन्छ । यसको सेटिङ धेरै नै सजिलो छ र वेमो एपलले अन्य वेमो उपकरणहरूलाई पनि चलाउन सकिन्छ । तपाईले यो एयर प्युरिफायर किनेर आफ्नो मोबाईलफोनमा वेमो एप डाउनलोड गरेपछि यो प्युरिफायर आरामले चलाउन सक्नुहुन्छ । यो एपलाई तपाईले वाइफाई, थि्रजी वा फोरजी नेटवर्कमा कनेक्ट गर्न सक्नुहुन्छ ।

होम्स् एयर प्युरिफायरले ९९.९७ प्रतिशत हावाबाट लाग्ने एलर्जीबाट बचाउने बताइएको छ । यो स्मार्ट प्युरिफायमा दुई हेपा फिल्टर जडित छ र दुई गन्ध कम गर्ने कार्वन फिल्टर पनि जडित छ ।

तपाईले यसलाई एयर क्वालिटी स्टाटस प्राप्त गर्न वा सचेत बन्नको लागि र सेटिङ एडजस्ट गर्नको लागि पनि प्रयोग सक्नुहुन्छ । यसले ससाना धूलो र धुवाँको कण संकलन गर्छ । यसको सबैभन्दा राम्रो विशेषता भनेको यसले मर्मतको लागि जानकारी गराउँछ जसको मतलब तपाईले फिल्टर भरियो कि भरिएन भनेर नियमित चेक गर्नुपर्दैन ।

यो स्मार्ट एयर प्युरिफायरलाई लो, मिडियम र हाइ गरी तपाईले ३ स्पिड सेटिङ तय गर्न सक्नुहुन्छ भने अप्सनल आयोनाइजर ले हानिकारक कणहरू सहित नकरात्मक आयनहरूलाई हटाउँछ ।

सजिलो र राम्रो यो स्मार्ट प्युरिफायरले घरायसी काममा सकरात्मक प्रभाव देखाउन सक्छ । यसले ठूलो ठाउँमा पनि राम्रोसँग काम गर्न सक्छ । यसका केही कमजोरीहरू पनि छन् । धेरैजसो अटो मोडमा तपाईले जहाँ राखे पनि यसको लाइटले हावा स्वच्छ रहेको देखाउन सक्छ । यसलाई कतै सार्दा यसको फिल्टर लुज हुने र वेमो एपले डिटेक्ट गर्न नसक्ने समस्या देखिन सक्छ ।

जर्म गार्जेन स्मार्ट प्युरिफायर

जर्म गार्जेन स्मार्ट एयर प्युरिफायरले घरभित्र दमको रोगलाई कम गर्नको लागि हेपा एयर फिल्टरेसन अफर गर्छ । फिल्टर मात्रै भन्दा पनि यसले अझै धेरै काम गर्छ । यसमा भएको युभी-सी लाइटले कीटाणुहरूलाई मार्ने काम गर्छ त्यस्तै चारकोल फिल्टरले गन्ध हटाउँछ ।

यो यन्त्र धेरै नै हलुको छ र सानो र मध्यमखालको कोठामा प्रयोग गर्न उपयुक्त छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको सजिलो एपको मद्दतले आफू घर बाहिर भए पनि हावाको गुणस्तर निगरानी गर्न सकिन्छ ।

यो एयर क्वालिटी मनिटर स्मार्ट एक्यिुएमको साथमा आउँछ जसले हावामा भएको धूलोलाई पहिचान गरी अटोमेटिक रूपमा कोठाको हावाको स्वच्छता गर्न अटो मोडमा भएको बेलामा स्पिड एडजस्ट गर्छ ।

यसको गार्जेन टेक्नोलोजी एपले तपाईलाई फिल्टर र बल्ब कहिले फेर्ने भन्ने कुराको जानकारी गराउँछ । यसमा पाँच स्पिड छ जसमध्ये एक लो स्पिड छ जो धेरै नै ढिलो गरी चल्छ र ऊर्जा बचत गर्छ ।

यसको बारेमा प्रयोगकर्ताहरूको केही गुनासो पनि छन् । केही प्रयोगकर्ताहरूका अनुसार यसको चहकिलो हरियो बत्ती निभ्दै निभ्दैन यसकारण यसलाई तपाईले आफ्नो बेडरुममा राख्न उपयुक्त नहुन सक्छ ।

यसको सेटअप पनि धेरै नै सजिलो छ । फिल्टरहरू पहिले नै इन्स्टल भएका हुन्छन् । तपाईले मात्र एक एप डाउनलोड गरे पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment