Comments Add Comment

कोलकत्तामाथि मुम्बईको महत्वपूर्ण जित

२३ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इण्डियन्सले महत्वपूर्ण जित हात पारेको छ । उसले आइतबार भएको खेलमा कोलकत्ता नाइट राइडर्समाथि १३ रनको रोमाञ्चक जित हात पारेको हो ।

मुम्बईले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा २३ रन चाहिएको थियो । पहिलो बलमा सुनिल नरिनले चौका हाने ।

तर, दोस्रो बलमा आउट भए । तेस्रो बलमा दिनेश कार्तिकले रा जोड्न सकेनन् । चौथो बलमा चौका हाने पनि अर्को बलमा रन जोड्न नसकेपछि मुम्बई जित नजिक पुग्यो । अन्तिम बलमा कोलकत्ताले एक रन लिँदा मुम्बई १३ रनले विजयी बन्यो ।

उसका लागि रोबिन उथप्पाले ५४ रन बनाए भने दिनेश कार्किक ३६ रनमा अविजित रहे ।

ययअघि पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवको अर्धशतकको मदतमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । यादवले ५९ रन बनाए । इविन लुइसले ४३ रन जोड्दा हार्दिक पाण्डे ३५ रनमा नटआउट रहे ।

जितसँगै मुम्बईको ८ अंक भएको छ र अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । कोलकत्ता भने १० अंकका सात तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment