Comments Add Comment

डोम समुदायका २१ बालबालिकालाई विद्यालय भर्ना गरिदिइन् मञ्जुले

२४ वैशाख, वीरगञ्ज । यो शैक्षिक सत्रको भर्ना अभियान कार्यक्रममा प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरुले बालबालिकाको अभिभाकत्व ग्रहण गरे । सरकारको उर्दी जारी भएपछि उनीहरुले अभिभावकत्व ग्रहण गरेका हुन् ।

यो समयमा चर्चा कमाउनकै लागि कतिपयले नयाँ विद्यार्थीलाई नभएर विद्यालयमै अध्ययनरत बालबालिकाको अभिभावकत्व ग्रहण समेत गरेको पाइयो ।

तर, वीरगञ्जमा एक गैरसरकारी संस्थामा काम गर्दैर् आएकी एक युवतीले विद्यालय जान नपाएका २१ जना डोम समुदायका बालबालिकालाई विद्यालयमा भर्ना गरिदिएकी छन् ।

बाराको निजगढ नगरपालिका-११ घर भइ वीरगञ्जमा कार्यरत २४ वर्षीय मञ्जु राउतले वीरगञ्ज-२४ बहुअरीमा रहेको डोम बस्तीका २१ जना बालबालिकालाई विद्यालयमा भर्ना गराएकी हुन् ।

४ देखि ९ वर्षसम्मका १० बालिका र ११ जना बालकलाई स्थानीय सारदा मावि बहुअरीमा भर्ना गराइएको छ ।

उनी डीएफआईडी भिएसओ नेपालको सहयोगमा आसमान नेपालले सञ्चालन गरिरहेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको सामाजिक परिचालकको रुपमा कार्यरत छिन् ।

डोम बस्तीमा निरन्तर एक सातादेखि धाएर अभिभावक र बालबालिकालाई सम्झाइ बुझाइ गरेपछि उनीहरु विद्यालयमा पठाउन र जान राजी भएको उनले बताइन् । ‘विद्यालय जाने उमेर भएर पनि बालबालिकाहरुलाई विद्यालय नपठाउने गरिएको रहेछ । सम्झाइ बुझाइ गरेपछि उनीहरु विद्यालय पठाउन तयार भए । जन्मदर्ता खोज्न लगाएर आज भर्ना गराएका छौं,’ उनले भनिन्, ‘एक सातासम्म म आफैं उनीहरुलाई विद्यालयमा ल्याउने र छुट्टी भएपछि लिएर जान्छु । यसले गर्दा उनीहरुलाई विद्यालयमा आउने र जाने बानी पर्छ ।’

विद्यालय जान पाएपछि डोम समुदायका बालबालिका दंग परेर विद्यालय गएका छन् । उनीहरुलाई विद्यालयमा अन्य विद्यार्थी र शिक्षकहरुले ताली बजाएर स्वागत गरेका थिए ।

आसमान नेपालका जिल्ला संयोजक मुन्नीलाल बैठाले संस्थाले आजबाट विद्यालय जान शुरु गरेका डोम समुदायका बालबालिकाहरुलाई कपी कलम दिएर प्रोत्साहन गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment