Comments Add Comment

प्रवासी नेपालीले दिए रुरु गाउँपालिकालाई एम्बुलेन्स

२४ वैशाख गुल्मी । जिल्लाको रुरु गाउँपालिका घर भई रोजगारीको सिलसिलामा दुबईमा रहेका ९ जना युवाले सामाजिक सञ्जालमार्फत सुरु गरेको अभियानले गाउँमा एम्बुलेन्स उपलब्ध भएको छ ।

उनीहरुले ५ महिनाको अवधिमा १ सय ८१ जनाबाट ११ लाख ७५ हजार २ सय ५१ रुपैयाँ संकलन गरी एम्बुलेन्स खरिद गरेका हुन् । १० लाख १२ हजार ४ सय रुपैयाँ तिरेर सरकारबाट भन्सार छुट गराई एम्बुलेन्स किनिएको हो ।

उक्त एम्बुलेन्स सोमबार एक कार्यक्रमका बीच रुरु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । एम्बुलेन्सको उद्घाटन जिल्ला सम्वन्य समितिका सदस्य हरिप्रसाद ज्ञवालीले गरेका थिए । समितिकी पदाधिकारी लक्ष्मी ज्ञवालीले रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमलाई चाबी हस्तान्तर गरिन् ।

सुरुमा सूर्य ज्ञवाली, बाबुराम गोतामे सुनार र केशवराज ज्ञवालीले फेसबुकमार्फत सुरु गरेको अभियानमा पदमलाल श्रेष्ठ, निराजन खड्का, लक्ष्मी ज्ञवाली, कमल गौतम, ईश्वरी ज्ञवाली र किसान विश्वकर्मासमेत सहभागी भइ एम्बुलेन्स खरिदका लागि समिति गन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment