+
+

जता पनि आलियाको पुच्छर लाग्दै रणविर, सम्वन्ध तातेकै हो ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते ९:०५

बलिउड अभिनेता रणविर कपुर अभिनेत्री आलिया भट्ट आपसमा नजिकिएकोबारे केही दिनदेखि गाईगुईं चलिरहेको छ । हुन पनि आजकाल रणविर आलियाको विशेष केयर गर्न थालेका छन् ।

आलिया अभिनित फिल्म राजीको आइतबार स्पेसल स्क्रिनिङ थियो । त्यस अवसरमा रणवीले आफ्नै गाडीमा आलियालाई पुर्‍याउन गए । यति मात्र होइन, कार्यक्रम अवधिभर उनले आलियाको विशेष ख्याल गरिरहेको देखिन्थ्यो । आलिया पनि रणविरको साथ पाएर निकै खुशी थिइन् । कार्यक्रमस्थलबाट रणविरकै कार चढेर आलिया फर्किइन् ।

बलिउडमा कहिले कोसँग कसको सम्वन्ध टुट्छ र कस्को जोडिन्छ केही ठेगान हुँदैन । अहिले आलिया र रणविरको सम्वन्ध एकाएका जोडिएको छ । तर, उनीहरुले औपचारिक रुपमा केही भनेका छैनन् । मिडियाले सोधे भने पनि रेडिमेड जवाफ छँदैछ, ‘हामी असल साथी मात्र हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?