+
+

रणवीर र आलियाले सार्वजनिक गरे छोरी राहाको अनुहार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १८:०७

काठमाडौं । राहा कपुर जन्मिएपछि रणवीर र आलियाको घरमा यतिबेला खुसीको माहोल छ । आउँदो नोभेम्बर ६ मा उनी एक वर्ष पुग्दैछिन् । राहाको एक झलक हेर्न फ्यान लामो समयदेखि अधैर्य थिए ।

यस्तोमा क्रिसमसको मौका पारेर रणवीर र आलियाले छोरी राहाको अनुहार विश्वसामु सार्वजनिक गरे । जन्मिएदेखि नै उनीहरुले राहाको अनुहार सार्वजनिक गरेका थिएनन् । राहाको झलकको तस्वीर इन्टरनेटमा भाइरल बनेको छ ।

मुम्बईस्थित कुनाल कपुरको घरमा आयोजना गरिएको क्रिसमस जमघटमा रणवीर र आलिया पनि पुगेका थिए । पहिलोपटक राहाका बाबुआमाले पापाराजीलाई छोरीको फोटो खिच्न अनुमति दिए ।

बुवा रणवीरको अँगालोमा बाँधिएकी राहा निकै क्युट देखिएकी थिइन् । राहाले सेतो र गुलाबी फ्रक लगाएकी थिइन् । उनको कपाल पिंक कलरको क्लिपले बाँधिएको थियो ।

आलियाले सान्ता हेडब्यान्डको साथ कालो र रातो फ्लोरल प्रिन्टेड ड्रेस लगाएकी थिइन् । रणवीरले कालो टिसर्ट, जिन्स र ज्याकेट लगाएका थिए । उनले छोरी राहालाई काखमा बोकेका थिए । कफी विथ करण-८ मा आलियाले राहाको बारेमा आफू सुरक्षात्मक रहेको र इन्टरनेटमा छोरीका तस्वीर लिक हुन नदिने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?