+
+

काजोल र रश्मिकापछि आलिया पनि डीप-फेकको शिकार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते ११:५६

काठमाडौं । डीप-फेकले बलिउड सेलिब्रिटीलाई हैरानी दिन थालेको छ । पछिल्लो समय नाम चलेका भारतीय कलाकारको डीप–फेक भिडियो र तस्वीर इन्टरनेटमा भाइरल बनिरहेका छन् ।

यसबाट रश्मिका मन्दाना र काजोलजस्ता स्टार पीडित भइसकेका छन् । यो सूचीमा जोडिएकी छिन् आलिया भट्ट । इन्टरनेटमा भाइरल भइरहेको नयाँ डीप–फेक भिडियोमा आलियाजस्तै देखिने एक युवतीलाई दर्शाइएको छ । यसलाई लिएर फ्यान निकै चिन्तित छन् ।

भिडियोमा एक युवतीले नीलो रङको फ्लोरल को–अड् सेट पहिरिएको देखिएको छ । त्यसपछि क्यामेरातर्फ हेर्दै अश्लील इशारा गरेको देखिएको छ । तर राम्ररी हेरेमा सो भिडियोमा देखिएकी युवती अभिनेत्री आलिया होइनन् भन्ने थाहा पाउन सकिन्छ । अभिनेत्रीको अनुहार अरुको शरीरमा सम्पादन गरिएको छ ।

आलियाको यो नयाँ सम्पादन गरिएको भिडियो अन्य केही भारतीय सेलिब्रिटीले समेत यस्तै परिस्थितिको सामना गर्न परिरहेको बेला सार्वजनिक भएको छ । प्रविधिको दुरुपयोगका कारण कलाकार यसरी शिकार भइरहेका छन् । प्रहरीले यस्तो अपराध गर्नेको खोजी गरिरहेको जनाइएको छ ।

यसअघि अभिनेत्री रश्मिका मन्दानाको डीप–फेक भिडियो भाइरल भएपछि उनले चिन्ता व्यक्त गरेकी थिइन् । ‘एनिमल’ अभिनेत्रीले ट्वीटरमा लेखेकी छिन्, ‘साँच्चै भन्ने हो भने यस्तो कुरा मेरो लागि मात्र होइन, हामी सबैका लागि धेरै डरलाग्दो छ, जो आज प्रविधिको कारण जोखिममा छौं । आज एक महिला र अभिनेत्रीको रूपमा म मेरो परिवार र साथीप्रति कृतज्ञ छु जसले मलाई सुरक्षा दिइरहेका छन् । तर यदि मलाई स्कुल वा कलेजमा यस्तो भएको भए म यो गर्न सक्षम हुने थिइनँ ।’

रश्मिकाको डीप–फेक भिडियो भाइरल भएको केही दिनपछि बलिउड अभिनेत्री काजोलको भिडियो पनि इन्टरनेटमा आएको थियो । क्लिपमा काजोलको अनुहार शरीरमा खिचेर क्यामेरामा कपडा बदलिरहेकी महिला देखिन्छिन् । यद्यपि, बुमलाइभजस्ता प्लेटफर्मका अनुसार उक्त भिडियो एक सोसल मिडिया प्रयोगकर्ताको थियो, जसले ‘गेट रेडी विथ मी’ ट्रेन्डमा क्लिप पोस्ट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?