Comments Add Comment

मेकअप गर्न नजान्दा सेलेनाको उड्यो मजाक


सामाजिक संजालमा नेपाली चलचित्र र बलिउडका कलाकार मात्र होइनन्, हलिउडका सुपरस्टारहरु पनि ट्रोलको शिकार बन्छन् । सानै उमेरमा नै विश्व चर्चित बनेकी गायिका तथा नायिका सेलेना गोमेज पनि अहिले ट्विटरमा मजाकको पात्र बनेकी छिन् ।

सोमबार बेलुकी आयोजना भएको ‘मेट गाला-२०१८’मा पुगेकी सेलेनाको मेकअपको निकै आलोचना भैरहेको छ । आकर्षक गाउन लगाएपनि भद्दा मेकअपले सेलेनाको सुन्दरता घटेको देखिन्छ ।

यसैले, धेरै फ्यानले सेलेनाको मेकअप हेर्दा आफूलाई डर लागेको समेत लेखेका छन् । कतिपयले, सेलेनाको यस्तो हालत कसले बनायो समेत लेखेका छन् । अर्कोतिर, कतिपयले सेलेनाको यस्तो तस्बिर लाइटिङका कारण आएको होस् भनेर कामना गरेका छन् ।

२५ बर्षकी यी सुन्दरीले भद्दा मेकअप गरेको भन्दै आलोचना भएपछि उनले प्रेस विज्ञप्ती नै निकालेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment