Comments Add Comment

चिनियाँ ई-कमर्स जाइन्ट अलिबाबा नेपाल प्रवेश

२५ वैशाख, काठमाडौं । चीनको ठूलो अनलाइन व्यापार कम्पनी अलिबाबाको सेवा नेपालमा पनि विस्तार हुने भएको छ ।

अलिबाबाले रकेट इन्टरनेटले सञ्चालन गरेको दराज ग्रुपको सबै सेयर किनेपछि दराज मार्फत अलिबाबाले नेपालसहित दक्षिण एसियाली देशहरुमा सेवा दिन लागेको हो ।

सन् २०१२ मा स्थापना भएको दराज ग्रुपले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ । यी देशमा अलिबाबाले दराजकै ब्राण्डमा यी देशहरुमा आफ्नो सेवा विस्तार गर्नेछ ।

‘प्रविधि, अनलाइन व्यापार, मोवाइल पेमेन्टलगायतका क्षेत्रमा अलिबाबाको नेतृत्व र अनुभव उपयोग गर्न दराज सक्षम छ’ रकेटले भनेको छ । यो सम्झौतापछि दक्षिण एसियाको ४६ करोड मानिसहरु लाभान्वित हुने रकेटले जनाएको छ ।

अलिबाबाका सीईओ ड्यानियल झाङले दराजको प्राप्तिले उद्यमशीलता विकास गर्नुका साथै दक्षिण एसियाली क्षेत्रका उपभोक्तालाई राम्रो सेवा दिने बताएका छन् ।

अलिबाबा ग्रुप होल्डिङ चिनीयाा बहुराष्ट्रिय ई-कमर्स कम्पनी हो । जसको स्थापना सन् १९९९ मा भएको थियो । यसले आफ्नो वेबसाइट मार्फत सरसामानहरु बेच्ने गर्छ । यो अहिले विश्वका दुई सय देशहरुमा यसले सेवा दिन्छ । साथै यो विश्वको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी पनि हो ।

ई- कमर्समा अलिबाबाले भारतको २५ प्रतिशत अनलाइन बजार हिस्सा ओगटेको छ । सन् २०१५ को अगष्टमा अलिबाबा ग्रुपले भारतको स्न्यापडिलमा लगानी गरेको थियो । यसले सन् २०१५ मै ६ सय ८० मिलियन अमेरीकी डलर बराबरको रकम ई-कमर्स कम्पनी पेटीएम पनि लगनी गरेको थियो । अब नेपालमा विस्तारै उकालो लाग्दै गरेको ई-कमर्समा अलिबाबा पनि आउनेछ ।

आक्रामक बजार नीति भएकाले यसले अनलाइन सपिमा नेपालीहृरुलाई अभ्यस्त गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment