Comments Add Comment

विभिन्न व्यक्तित्वलाई सम्मान


२५ वैशाख, काठमाडौं । सामाजिक क्षेत्रमा  क्रियाशील विभिन्न ब्यक्ति तथा संघ संस्थालाई यस वर्ष पनि लीलाराम कन्तिदेवी न्यौपाने प्रतिष्ठानले समाजसेवी स्व. लिलाराम न्यौपानेको ८७ औ जन्म जयन्तीको अवसर पारेर सम्मान गरेको छ ।

प्रतिष्ठानले  राष्ट्रिय जीवनका विभिन्न विधामा समर्पित ब्यक्तिहरुलाई सम्मान गरेको छ । यसरी सम्मान हुनेमा हास्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस-सुन्तली) लाई लीलाराम कुन्तिदेवी न्यौपाने समाज सेवा सम्मान, शिक्षा क्षेत्रमा समर्पित विनोद शाही (डोल्पो शिक्षक) लाई लीलाराम कुन्तिदेवी न्यौपाने शिक्षासेवा सम्मान, कि्रकेटर वसन्त रेग्मीलाई लीलाराम कुन्तीदेवी न्यौपाने खेलकुद सम्मान र लामो समयदेखि क्रियाशील पत्रकार चेतन पन्तलाई लीलाराम कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मानबाट सम्मान गरिनुका साथै जनही रु. १ लाख सहित ताम्रपत्रले सम्मानित गरिएको छ ।

सोही कार्यक्रममा विभिन्न जिल्लाका १० वटा समुदायिक विद्यालयहरुमा पनि लीलाराम कुन्तिदेवी जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्न प्रति विद्यालय रु २ लाख ५० हजारका दरले जम्मा रकम रु. २५ लाख रकम हस्तान्तरण गरिएको छ ।

भानु मावि सिदार्थनगरमा शैक्षिक व्यवस्थापन (फर्निचर) मा सहयोग रु. १ लाख १ हजार नेपाल क्यान्सर सपोर्ट गु्रप, हरिसिद्धीलाई रु. १ लाख १५ हजार, संस्कृत विद्याश्रम, सिद्धार्थनगरमा पूर्वाधार निर्माणमारु. २ लाख एक हजार, महानन्दप्रसाद उपाध्याय उमावि बगही पर्सामा पूर्वाधार निर्माणमा रु. २लाख १ हजार, वीरेन्द्र मा.वि. छपिया, रुपन्देहीमा दृष्टिविहीन स्रोत कक्षा भवन निर्माणमारु. ३ लाख १ हजार, धुर्मुस-सुन्तली फाउन्डेसनको कार्यक्रममा रु. ५ लाखका साथै धुर्मुस सुन्तलीद्वारा संचालन गर्न लागिएको वीर अस्पताल सरसफाई कार्यक्रमको लागि थप रकम रु. २ लाख प्रदान गरिएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य घनश्याम भुषाल, प्रतिनिधिसभा सदस्य प्रमोद यादव, प्रदेश सभासदस्य संासद सन्तोष पाण्डे, सिद्धार्थ नगरपालिकाका नगर प्रमुख हरी अधिकारी लगायत सम्मानित ब्यक्तित्वहरुले आफ्नो मन्तब्य राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment