Comments Add Comment

विद्युत प्राधिकरणका तीन कर्मचारी १५ हजार घूससहित पक्राउ

प्रतीकात्मक तस्वीर

२६ वैशाख, काठमाडाैं । नेपाल विद्याुत प्राधिकरण वितरण कार्यालय नेपालगञ्जका तीन जना कर्मचारी १५ हजार घूससहित पक्राउ परेका छन् ।

सुपरभाइजर बिक्रान्त शुक्लासहित इन्जिनियर निसार अहमद खान र सहयोगी गिर्वलाल धोवीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

थ्री फेज लाइन वितरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाइ घूस रकम माग गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment